गोरखा । गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकाेटी को नेतृत्वमा बैशाख २३ गते गाेरखकाली रबर उद्याेग को स्थलगत अवलोकन गर्नुभएकाे छ।
दिउँसो २ बजेबाट सुरु भएकाे कार्यक्रममा सरोकारवाला निकाय, प्राविधिक विज्ञ, स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित पक्षहरूको सहभागिता रहेकाे जनाइएको छ।
उद्योगको वर्तमान अवस्था, सञ्चालन क्षमता तथा पुनः सञ्चालनका सम्भावित विकल्पहरूको अध्ययन गर्ने उद्देश्यसहित अवलोकन कार्यक्रम आयोजना गरिएको बताइएको छ। लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको उद्योगलाई पुनर्जीवन दिन सकिए स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै आर्थिक गतिविधि समेत चलायमान हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीले उद्योग पुनः सञ्चालनमा आए गोरखाको औद्योगिक विकासले नयाँ गति लिने विश्वास व्यक्त गरेका छन्। अवलोकनपछि आवश्यक सुझाव तथा सम्भावित कार्ययोजनाबारे छलफल गरिने तयारी रहेको स्रोतले जनाएको छ।