Gorkha Sansar

अतिक्रमण हटाउने’ गृहको निर्देशनपछि देशभर हलचल: सुकुम्बासीहरू आन्दोलनमा उत्रिन थाले

काठमाडौं । अतिक्रमित जग्गाको पहिचान गरी हटाउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई पत्राचार गरेपछि विभिन्न जिल्लामा हलचल सुरु भएको छ । सरकारी कदमसँगै विशेषगरी सुकुम्बासी बस्तीमा त्रास र अन्योल बढेको छ ।

गृह मन्त्रालयको निर्देशनपछि अहिले देशभरका सुकुम्बासी समुदाय संगठित हुन थालेका छन् । कतिपय स्थानमा विरोध प्रदर्शनसमेत सुरु भएको छ ।

लहान मा पनि सुकुम्बासीहरूले संगठित भएर प्रदर्शन गरेका छन् । उनीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्थाविना हटाउन खोजिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरूले वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँबाट अचानक हटाउन खोजिनु अमानवीय भएको बताएका छन् । “पहिले बस्ने व्यवस्था गर, त्यसपछि हटाऊ,” भन्ने माग उनीहरूको छ ।

सरकारले भने सार्वजनिक तथा अतिक्रमित जग्गा संरक्षण अभियानलाई देशव्यापी रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ । पछिल्लो समय नदी किनार, सडक क्षेत्र, वन क्षेत्र तथा सार्वजनिक उपयोगका जग्गामा बनेका संरचना हटाउने अभियान तीव्र बन्दै गएको छ ।

तर मानव अधिकारकर्मी तथा स्थानीय अगुवाहरूले दीर्घकालीन समाधानबिना गरिएको हटाउने अभियानले सामाजिक तनाव बढ्न सक्ने चेतावनी दिएका छन् ।

अहिले विभिन्न जिल्लामा सुकुम्बासी संगठनहरू सक्रिय हुन थालेसँगै आगामी दिनमा आन्दोलन थप चर्किन सक्ने संकेत देखिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.