Gorkha Sansar

अतिक्रमण हटाउने सरकारकै सांसद विवादमा’: ऐलानी जग्गामा घर बनाएको आरोपपछि केपी खनालमाथि प्रश्न

काठमाडौं । सार्वजनिक तथा अतिक्रमित जग्गामा बनेका संरचनामाथि डोजर अभियान चलाइरहेको सरकारकै एक सांसद अहिले ऐलानी जग्गा विवादमा तानिएका छन् ।

Balen Shah नेतृत्वको सरकारले देशभर अवैध संरचना हटाउने अभियानलाई तीव्र बनाइरहेका बेला कैलाली–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य KP Khanal को निर्माणाधीन घरलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना सुरु भएको हो ।

कैलालीको लम्कीचुहा नगरपालिका–१ बसपार्क नजिक निर्माण भइरहेको उक्त घरको नक्सापास नभएको तथा जग्गाको लालपूर्जा समेत नरहेको पुष्टि भएको स्रोतहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा उक्त घर ऐलानी जग्गामा निर्माण गरिएको भन्दै सरकारकै ‘डोजर नीति’ माथि प्रश्न उठाइएको छ । “सर्वसाधारणका घर भत्काउने, आफ्नालाई छुट दिने ?” भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

यद्यपि सांसद खनालको सचिवालय सदस्य हर्क पुनले भने यो विषयलाई “राजनीतिक प्रतिशोध” को रूपमा व्याख्या गरेका छन् । उनका अनुसार सामाजिक सञ्जालमार्फत नियोजित रूपमा सांसद खनाललाई बदनाम गर्न खोजिएको हो ।

तर उनले घर ऐलानी जग्गामै निर्माण भइरहेको तथ्य अस्वीकार गरेका छैनन् । भुइँतलासहित तीन तलाको घर निर्माणाधीन अवस्थामा रहेको बताइएको छ ।

घटनापछि अहिले स्थानीय तहको भूमिकामाथि पनि प्रश्न उठ्न थालेको छ । नक्सापास र लालपूर्जा नभएको संरचना कसरी निर्माण भइरहेको थियो भन्ने विषयमा स्थानीय प्रशासन र नगरपालिकाको निगरानीमाथि आलोचना बढेको छ ।

सरकारले सार्वजनिक जग्गा संरक्षण अभियानलाई कडाइका साथ अघि बढाइरहेका बेला आफ्नै पक्षका नेतामाथि उठेको यो विवादले राजनीतिक नैतिकता र ‘एकै मापदण्ड’ को बहसलाई फेरि सतहमा ल्याएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.