पूर्वीय सभ्यता र वैदिक हिन्दु सनातन धर्म परम्परामा पुर्खाको स्मरण र कुलको पूजालाई एउटा पवित्र कडी मानिन्छ। यसै सिलसिलामा, बुद्ध जयन्तीको पुण्य तिथिमा केन्द्रिय कंडेल कुल मन्दिर गैंडाकोट १,नवलपुर गङ्गानगर स्थित विशाल कुल मन्दिरमा महर्षि भारद्वाजका सन्तति पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका कँडेल बन्धुहरूको विशाल उत्साह जनक सहभागितामा सम्पन्न भयो ।
वंशको गरिमा महर्षि भारद्वाजको तपस्यासँग जोडिएको छ। ऋग्वेदका मन्त्रद्रष्टा सप्तर्षिमध्येका एक महर्षि भारद्वाज ज्ञान, विज्ञान र अध्यात्मका त्रिवेणी हुनुहुन्थ्यो। उहाँकै वंशज हुनुको नाताले हामीमा त्यो दिव्य विरासत सरेको छ,
Ko moआजको कुल पुजा कार्यक्रम संस्थाका अध्यक्ष श्रीप्रकाश कँडेल ज्युको सभापतित्वमा मन्दिरका परम प्रधान संरक्षक १००८ स्वामी ज्ञानानन्द सरस्वति ज्यु महाराजको प्रमुख आतिथ्यता र प्रधान संरक्षक स्वामी जगन्नाथ शर्मा कंडेल ज्युको बिशिस्ट आतिथ्यतामा सम्पन्न भयो आजको कार्यक्रममा सस्थाका उपाध्यक्ष काशीनाथ कंडेल ज्यु बाट स्वागत मन्तब्य राख्नुभयो तेसैगरि,श्रीप्रसाद कंडेल ,चुडामणि कंडेल, रोमाकान्त कंडेल, घनश्याम कंडेल ज्यु बाट सुभ कामना मन्तव्य राख्नुभयो येसै गरि लेखा संयोजक टीकाराम कंडेल ज्युले आजको आर्थिक संकलनको बारेमा जानकारि गराउनु भयो येसै गरि बिशिस्ट अतिथी स्वामी जगन्नाथ शर्मा कंडेल ज्युले सबैलाई आशिर्वाद दिनु भयो र प्रमुख अतिथि १००८ स्वामी ज्ञानानन्द सरस्वति ज्यु महाराजले सबैलाई अमृतमय सुभ आशीर्वचन प्रधान गर्नु भयो । आजको बिशेष कुल पुजा कार्यक्रममा मन्दिरमा लामो समय देखि कार्यरत प्रमुख पुजारी गुरु रामचन्द्र कंडेल ज्यु लाई विशेष सम्मान सहित अभिनन्दन गरियो साथै र दुई कार्यकाल मन्दिरमा अध्यक्षको रूपमा रहि नयाँ मन्दिर बनाउने कार्य सफलता पुर्बक सम्पन्न गर्नु भयका निबर्तमान अध्यक्ष एबम बर्तमान संरक्षक श्री रोमाकान्त कंडेल ज्युलाइ प्रमुख अतिथिका करकमलबाट उच्च प्रसम्सा र कार्यकुशलताको उच्च मुल्यांकन गर्दै दोसल्ला र अभिनन्दन पत्र बाट सम्मान गरियो । आजको उक्त कार्यक्रमको कुशल सञ्चालन पूर्व सचिव नवराज कँडेलले आफ्नै मौलिक र ओजपूर्ण उद्घोषण शैलीबाट गर्नुभएको थियो। कार्यक्रममा देशभरिबाट सहभागी भएका हजाराैं कँडेल बन्धुबान्धवहरूको उपस्थितिले एउटा लघु-नेपालको झझल्को दिन्थ्यो।
आध्यात्मिक ऊर्जा भर्नका लागि संस्थाका परम प्रधान संरक्षक परम वन्दनीय गुरु श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले आफ्ना मधुर वाणी र उपदेश मार्फत उपस्थित भक्तजनहरूलाई आशिर्वचनले अभिसिञ्चित गराउनुभयो। त्यसैगरी, प्रधान संरक्षक एवं मूर्धन्य विद्वान आचार्य श्री जगन्नाथ शर्मा कँडेलले पूर्वीय संस्कृति र हाम्रो कुल परम्पराको विशिष्टताबारे शास्त्रोक्त व्याख्या गर्नुभयो। यसै वीच संस्थाका वरिष्ठ सल्लाहकार तथा शिक्षाविद् श्री चूडामणि शर्मा कँडेलले कुल पूजाको महत्व र यसको सामाजिक प्रभाव बारे आफ्ना स्ववचन मार्फत विशेष प्रकाश पार्नुभएको थियो। उहाँले टाढा-टाढाबाट पाल्नुभएका सम्पूर्ण कँडेल बन्धुहरुलाई हार्दिक स्वागत गर्दै सहभागिताको लागि धन्यवाद ज्ञापन गर्नुहुँदा मन्दिर परिसरमा हर्षको लहर छाएको थियो।
कुनै पनि यज्ञ वा उत्सवको सफलतामा ‘अन्नदान’को ठूलो भूमिका रहन्छ। हजाराैं हजार बन्धुहरूको विशाल जमघटलाई अत्यन्तै प्रेमपूर्वक मिष्टान्न भोजन गराएर तृप्त पार्ने ती पवित्र हातहरू प्रशंसाका वास्तविक हकदार छन्। भान्सामा अहोरात्र खटिएर सेवाको भावनाले ओतप्रोत भई प्रसाद तयार पार्ने र पस्कने ती हातहरूमा साक्षात् अन्नपूर्णाको बास थियो। ती सेवकहरूको मिहिनेत र श्रद्धाले नै आजको भोजन केवल आहार मात्र नभई ‘प्रसाद’ बनेको थियो।
अन्त्यमा, यो कुल पूजा केवल एक धार्मिक अनुष्ठान मात्र नभई महर्षि भारद्वाजका सन्ततिहरू बीचको प्रेम, भाइचारा र गौरवशाली परम्परालाई पुस्तान्तरण गर्ने एउटा स्वर्णिम सेतु सावित भएको छ।