Gorkha Sansar

८ सय मिटर तल खस्यो गाडी, १७ जनाको घटनास्थलमै मृत्यु

Rolpa accident

रोल्पा । जलजलामा आज भएको दर्दनाक जिप दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रूकुम पूर्व बाट जलजलातर्फ जाँदै गरेको जिप अचानक सडकबाट अनियन्त्रित भई करिब ८ सय मिटर तल भीरमा खसेको हो। दुर्घटना अत्यन्त भीषण भएकाले अधिकांश यात्रुको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ।

दुर्घटनापछि स्थानीय बासिन्दा, प्रहरी तथा सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। दुर्गम भूगोल र कठिन भिरालो क्षेत्रका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।

घटनास्थलमा अहिले पनि उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको संख्या र मृतकको पहिचान खुल्ने क्रम जारी छ।

दुर्घटनापछि सिंगो गाउँ शोकमा डुबेको छ। चाडपर्व र पारिवारिक भेटघाटका लागि यात्रा गरिरहेका सर्वसाधारण एकैपटक यस्तो दुर्घटनामा परेपछि स्थानीयवासी स्तब्ध बनेका छन्।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.