Gorkha Sansar

आज देशभर आंशिक बदली, पहाड र हिमालमा हल्का वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ / हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसको प्रभावका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी हिमाली क्षेत्रमा पनि यस्तै अवस्था देखिएको छ । मधेस प्रदेश र कोशीको तराई क्षेत्रमा आंशिक बदली रहेको छ ।

आज दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा पनि यस्तै खालको मौसम हुने अनुमान गरिएको छ ।यसैबीच मधेस प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा गर्मी बढ्ने र तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति हिमाली भूभागमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहने मौसमविद्ले बताएका छन् ।

Facebook Comments Box

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.