Gorkha Sansar

बिरुवाटार–जोगीस्थान सडकमा कल्भर्ट निर्माण तीव्र, जेठमै सम्पन्न गर्ने लक्ष्य

गोरखा । गण्डकी प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पूर्वाधार विकास कार्यालय गोरखाद्वारा सञ्चालित बिरुवाटार–जोगीस्थान हुँदै फुस्रेटार निस्कने सडक खण्डमा कल्भर्ट निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ। बिरुवाटार जोगिस्थान हुँदै फुस्रेटार निस्कने बाटो मा कल्भर्ट निर्माण नामक योजनाअन्तर्गत निर्माण कार्य हाल धमाधम भइरहेको हो। उक्त योजनाको ठेक्का नं. IDO/GORKHA/NCB/W/R/80/082/083 रहेको छ भने कुल लागत रकम २६ लाख ३३ हजार ३५३ रुपैयाँ ८४ पैसा रहेको छ।
आयोजना सम्झौता मिति २०८२ माघ १० गते रहेको यस योजनाको निर्धारित सम्पन्न मिति २०८३ असार १५ गते तोकिएको छ। निर्माण कार्यको जिम्मा M/S Sneha Smriti Construction and Suppliers, गोरखाले लिएको छ।
निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधि प्रदीप तिवारीका अनुसार निर्धारित समयसीमाभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको छ। “हामीले जेठ मसान्तभित्रै काम सम्पन्न गर्ने योजनाका साथ काम गरिरहेका छौं,” उनले जानकारी दिए।
उक्त योजनाअन्तर्गत मुख्य रूपमा भेन्टेड कल्भर्ट निर्माण गरिनेछ, जसले वर्षायाममा सडक अवरुद्ध हुने समस्यालाई न्यूनीकरण गर्दै स्थानीय आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ।
बिरुवाटरस्थित जीवनज्योति माध्यमिक विद्यालयको पूर्वतर्फ रहेको जुडीखोलामा बर्सातको समयमा खोला बढ्दा विद्यार्थी लगायत स्थानीयहरूलाई आवतजावत गर्नको लागि निकै कठिनाइ हुँदै आएको थियो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.