Gorkha Sansar

ट्राफिक नियम उल्लंघनमा कडाइ: सभामुखको गाडीसमेत कारबाहीमा

Trafic Cheat

काठमाडौं
ट्राफिक नियम उल्लंघन गर्ने जोसुकैलाई पनि नछोड्ने नीति अन्तर्गत ट्राफिक प्रहरीले सभामुखको गाडीमाथि समेत कारबाही गरेको छ।

सभामुख डीपी अर्याल सवार गाडीले थापाथली क्षेत्रमा लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेपछि ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चालान (चिट) काटेको हो।

ट्राफिक स्रोतका अनुसार सभामुखको गाडीसहित अगुवा र पछुवा गरी तीनवटै सवारी साधनलाई कारबाही गरिएको छ।

प्रहरीमा राजनीतिक हस्तक्षेप नहुँदा पछिल्लो समय प्रहरीको मनोबल उच्च भएको बताइएको छ। गृहमन्त्री सुदन गुरुङ ले दिएको जिम्मेवारी अनुसार प्रहरीले निष्पक्ष रूपमा काम गर्दै आएको र सोही अनुरूप यो कदम चालिएको जनाइएको छ।

केही दिनअघि गृहमन्त्री गुरुङले ट्राफिक नियम उल्लंघन गर्ने जोसुकै भए पनि—मन्त्री वा उच्च पदाधिकारी—कानुनी दायरामा ल्याउन स्पष्ट निर्देशन दिएका थिए।

यस घटनाले कानुन सबैका लागि बराबर हुने सन्देश दिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.