असाेज २३ गते,
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली बिरुवाटार निवासी दुबै मिर्गौला फेल भई डायलासिस गराउँदै आउनुभएका मनबहादुर तामाङलाई अकला मावि भूपू विद्यार्थी समाजद्वारा आज उहाँकै घरमा पुगी रु १० हजार हस्तान्तरण गरेको छ। विपतको बेलामा सहयोग गर्नु नै वास्तविक धर्म हो भन्ने मान्यता अनुरुप आफूसँगै अध्ययन गरेका पूर्व विद्यार्थी तामाङ मृगौला फेल भई विगत ३ वर्षदेखि डायलासिस गराउँदै आउनुभएको अवस्थामा समाजको तर्फबाट उक्त रकम हस्तान्तरण गरिएको भूपु विद्यार्थी समाजका सागर अधिकारीले जानकारी दिनुभयो ।घरमै गएर बिरामीको अवस्था समेत बुझी उहाँलाई रकम हस्तान्तरण गर्ने क्रममा विद्यालयका भूपू विद्यार्थीहरू प्रवीण तिवारी,दीपक ओलिया,ध्रुवराज शर्मा,भरत कुमार श्रेष्ठ, प्रकाश सिलवाल, सन्तोष भण्डारी लगायत गोर्खा संसार मिडिया प्रा लि.तथा रेडियो बन्दीपुरका सञ्चालक डाक्टर रविन्द्र कडेलको समेत उपस्थिति रहेको थियो। हाल तामाङले आबु खैरेनी अस्पतालमा हप्तामा तीनपटक डायलासिस गर्दै आइरहनुभएको छ। विद्यालय अध्ययन गर्दाका साथीहरू घरमै अाएर भेट गरी सहयाेग गरेकाेमा अाफू खुसी भएकाे र अाफ्नाे साथमा साथीहरू पनि रहेछन भन्ने महसूस भइ हाैसला बढेकाे तामाङले बताउनुभयाे । उहाँले अाफूलाइ सहयाेग गर्नेहरूप्रति अाभार समेत व्यक्त गर्नुभएकाे छ । मृगौला प्रत्यारोपणको लागि धेरै रकम आवश्यक पर्ने र सरकारी सहयोगले मात्रै पर्याप्त नहुने भएको हुँदा उहाँले सहयोगको लागि अपिल गरेपश्चात सहयोगी हातहरु अघि बढिरहेका छन् । उहाँको सहयोगको लागि गोर्खा संसार मिडिया प्रा.लि.को सहकार्यमा चारकुने टोल विकास संस्था तथा सामुदायिक सिकाई केन्द्रलेले संयुक्त रूपमा सहयोग अभियान सञ्चालन गरिरहेको छ। अभियान सञ्चालनसंगै सहयाेग गर्नेहरूकाे संख्या उल्लेख्य रूपमा बढेकाे छ ।