गोरखा सदरमुकाम स्थित एक बैंकको खातामा रहेको ग्राहकको रकम चोरी भएको छ । आफु बैंकको कर्मचारी भन्दै ग्राहकलाई फोन गरेर खाता नवीकरणका लागि खाता नम्बर चाहिने भनि झुक्याएर ग्राहकको खातामा भएको रकम ट्रान्र्सफर गरी चोरी गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले जानकारी दिनुभयो । झुक्याएर ह्याकरले एनएमबी बैंकबाट ग्राहकको खातामा रहेको एक लाख रुपैया भन्दाबढी रकम ह्याक गरेर अन्य बैंकको खातामा सारेको खुलेको उहाँले बताउनुभयो । ‘गोरखा नगरपालिका–६ पाटेचौर निवासी एक महिलालाई फोन गरेर ह्याकरले खाता पुरानो भएकाले नवीकरण गर्नुपर्छ भन्दै खाता नम्बर लिएको र पछि मोवाईलमा आएको ओटिपी कोड समेत मागेर ह्याकरले तत्कालै खाताको रकम चोरी गरेको पाइएको छ ।’ एसपी श्रेष्ठले भन्नुभयो । खाताबाट एकलाख ३ हजार ८८० रुपैया ह्याकरले अन्य बैैकको खातामा ट्रान्सफर गरेको पिडित महिलाको भनाई छ । ‘फोनबाट बैंकको कर्मचारी बोलेको हुँ तपाँईको खाता पुरानो भएछ नवीकरणका गनुपर्छ भन्दै पहिला खाता नम्बर माग्यो’ उहाँले भन्नुभयो ‘त्यसपछि मेरो मोबाइलमा आएको कोड पनि चाहियो भनेर माग्यो, दिँदा त खाताको रकम सबै झिकेछ ।’खाताबाट पैसा लिएको थाहा पाएलगत्तै पिडित महिलाले जिल्ला प्रहरी कार्यालय गोरखामा बैंक खाताबाट रकम चोरी भएको भन्दै उजुरी दिएको एसपी श्रेष्ठको भनाई छ । ह्याकरले खाता ह्याक गरी खातामा भएको रकम ३–४ वटा बैंकमा ट्रान्र्सफर गरेर अहिले ग्लोबल आईएमई बैंकमा पु¥याएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि अदालतको अनुमति लिए महिलालाई फोन गरिएको मोवाईल नम्बरको कल डिटेल लिई अनुसन्धान सुरु गरेको छ । यस अघि जिल्लाको अजिरकोट गाउँपालिका–३ लप्सीबोटका एक पुरुषको बैंक खातामा रहेको २६ हजार ९५० रुपैया पनि यसरी नै ह्याकर झुक्याएर चोरी गरेको थियो । बैंकबाटै भन्दै फोन गरेर खाता नम्बर मागेर पछि हिसाब मिलेन भन्दै मोवाइलमा आएको कोड पठाउन भनेपछि कोड पठाउदा रकम चोरी भएको ति व्यक्तिको भनाई छ । आफ्नो खाताको चोरी गरी रकम ज्योती विकास बैंकमा ट्रान्सफर भएको थाहा पाएपछि ति पुरुषले पनि प्रहरीलाई उजरी दिनुभएको थियो । यसरी नै खाता ह्याक गरेर रकम झिकिएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखामा अहिलेसम्म चार जनाको परिसकेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीले पनि सवैलाई आग्रह जिल्लामा केही दिन यता त्यस्ता यस्ता ठगीका घटना भईरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह पनि गरेको छ ।
थप समाचार
-
विकास आयोजनाको ढिलाइ हटाउन ‘पूर्वाधार अदालत’ प्रस्ताव, सरकारले अध्ययन सुरु
गोर्खा संसारApril 14, 2026काठमाडौं / नेपालमा विकास निर्माणका आयोजनाहरू समयमै सम्पन्न नहुँदा देखिएको समस्या समाधान गर्न सरकारले ‘पूर्वाधार अदालत’ गठन गर्ने विषयमा औपचारिक अध्ययन थालेको छ । अदालतमा वर्षौँसम्म... -
२०८२ मा चम्किएका नेपाली खेलाडी: अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक उपलब्धि
गोर्खा संसारApril 13, 2026काठमाडौं / वर्ष २०८२ नेपाली खेलकुदका लागि उतारचढावपूर्ण भए पनि केही खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गर्दै देशको नाम उच्च बनाएका छन् । विशेषगरी व्यक... -
पश्चिम एसियामा श्रम स्वीकृति पुनः विस्तारको तयारी, केही देशमा चाँडै खुल्ने संकेत
गोर्खा संसारApril 10, 2026काठमाडौं / परराष्ट्र मन्त्रालय अन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी) ले पश्चिम एसियाका थप देशहरूमा श्रम स्वीकृति पुनः खुला गर्न सरकारलाई सिफारिस गरेको छ । परराष्ट्र सचिव अमृ... -
राष्ट्रपति रामचन्द्र पौडेल आज संघीय संसद् संयुक्त बैठकमा सम्बोधन गर्दै, रातिदेखि अधिवेशन अन्त्य
गोर्खा संसारApril 10, 2026काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने बैठकमा राष्ट्रपतिले सम्... -
कोशी सीमामा तस्करी फेरि सक्रिय, प्रशासनको कारबाही प्रभावहीन
गोर्खा संसारApril 9, 2026विराटनगर / प्रधानमन्त्री बालेन्द्र शाह नियुक्तिपछि कोशी प्रदेशका सांसदहरूले सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रण गर्न दबाब दिए पनि प्रभावकारी नियन्त्रण हुन सकेको छैन । मोरङबाट निर... -
सहकारी नियमन प्रणालीमा साढे ११ हजार संस्था आबद्ध, धेरै अझै अपूर्ण विवरणमै सीमित
गोर्खा संसारApril 9, 2026काठमाडौं / देशभरका करिब ११ हजार ६ सयभन्दा बढी सहकारी संस्था केन्द्रीय नियमन प्रणालीमा आबद्ध भएका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार ‘फाइनान्सियल कोअपरेटिभ रेगुलेसन सिस...