Skip to main content

Gorkha Sansar

गोरखाका पालिकाहरु मध्ये शहीद लखनमा सवैभन्दा कम बेरुजु, गोरखा नगरपालिकामा धेरै

गोरखाको ११ स्थानीय तहहरु मध्ये शहीद लखन गाउँपालिका बेरुजु सवै भन्दा कम भएको पहिलो गाउँपालिका बनेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा शहीद लखन गाउँपालिकाको बेरुजु ०.५ प्रतिसत मात्र रहेको हो ।

त्यस्तै अजिरकोट गाउँपालिकामा जिल्लाभर दोस्रो बेरुजु कम हुने गाउँपालिका बनेको छ । अजिरकोट गाउँपालिकाको कुल बेरुजु ०.६७ प्रतिसत मात्र रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । दुई नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा गण्डकी गाउँपालिका तेस्रो र भीमसेन थापा गाउँपालिका चौथो बेरुजु न्युन हुने गाउँपालिका पर्न सफल भएको छ ।

गण्डकी गाउँपालिकाको बेरुजु ०.७१ प्रतिसत र भीमसेन थापा गाउँपालिकाको बेजुरु ०.८३ प्रतिसत मात्र बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । आरुघाट गाउँपालिकाको बेरुजु ०.८७ प्रतिसत रहेको छ भने चुमनुव्री गाउँपालिकाको बेरुजु १. १३ प्रतिसत, गोरखा नगरपालिकाको बेरुजु १.ं८६ प्रतिसत, बारपाक सुलिकोट गाउँपालिकाको बेरुजु १.२७ प्रतिसत, सिराचोक गाउँपालिकाको बेरुजु १.१३ प्रतिसत रहेको हो ।

त्यस्तै पालुङटार नगरपालिकाको बेरुजु १.१३ प्रतिसत र धार्चे गाउँपालिकाको बेरुजु १.८४ प्रतिसत रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा उल्लेख छ । महालेखाले जारी गरेको बिबरण अनुसार गोरखाको गोरखा नगरपालिका जिल्लाभरका पालिकाहरु मध्ये सवैभन्दा धेरै बेरुजु हुने गाउँपालिकामा परेको छ ।

from nagariksawal

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.