Skip to main content

Gorkha Sansar

इकमर्श साथीकाे प्रथम बार्षिकाेत्सव सम्पन्न

पाेखरा, फागुन २९

डिजिटल दुनियामा फडकाे मार्दै अाइरहेकाे पाेखराकाे कास्कीमा कार्यालय स्थापना गरी अघि बढेकाे इकर्श साथीले प्रथम बार्षिक उत्सब मनाएकाे छ ।

कार्यालयमा एक कार्यक्रमका बीच भाैतिक रूपमा बार्षिकाेत्सब मनाइएकाे थियाे भने साँझ ७ बजेदेखि अनलाइन माध्यमबाट समेत एक कार्यक्रम सम्पन्न गरिएकाे छ । बार्षिक उत्सव कार्यक्रमका अवसरमा इकमर्श साथीका सञ्चालक बिजय कुमालले कम्पनीकाे बारेमा जानकारी गराउनुका साथै हालसम्म गर्दै अाएका गतिबिधिहरूकाे चर्चा गर्नुका साथै वेबसाइट निर्माणका अाधारभूत तत्वहरूका बारेमा जानकारी गराउनुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन  इकमर्श साथीका काे फाउन्डर ममता शाहले गर्नुभएकाे थियाे । साे अवसरमा रेडियाे बन्दीपुर ८८.८ मेगाहर्ज तथा गाेरखा संसार डट कम का सञ्चालक रबिन्द्र कंडेल, नेपाली सेनाका ज्ञानेन्द्र चाैधरी, इकमर्श साथीका सदस्य प्रदीप खडका लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

साे अवसरमा इकमर्स साथीका सञ्चालक कुमालले कम्पनीले अाफ्ना ग्राहकहरूका लागि बिभिन्न स्कीमहरू समेत घाेषणा गर्नुभएकाे छ । स्थापना कालदेखि अनलाइन तथा अफलाइन माध्यमबाट वेबसाइट निर्माण, व्यक्तित्व निर्माण सम्बन्धी तालिम लगायतका बिभिन्न तालिमहरू सञ्चालन गर्दै अाइरहेकाे छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.