१ माघ, पोखरा।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।
जसमा १० विदेशि यात्रु समेत थिए।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए।
अहिलेसम्म 30 जनाको शव फेला परिसकेको बताइएको छ । थप विवरण आउन बाँकी रहेको छ।