राईनास नगरपालिका लमजुङको सार्वजनिक सुनुवाइ कार्यक्रम

पौष २९
लमजुङकोे राईनास नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सुक्रबार तीनपिप्लेमा सम्पन्न भएको छ ।
चालू आव २०७९÷०८० को प्रथम चौमासिक प्रगति समीक्षा, हालसम्म भए गरेका काम कारवाहीहरू, समस्याहरू, भावि योजनाहरूका बारेमा जानकारी गराउने र सेवा प्रवाहको गुणस्तर र यसको प्रभावकारिता, जनताको सन्तुष्टि तथा आगामी दिनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सरोकारवालाहरूको सुझाव लिने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख खड्ग बहादुर गुरुङले जानकारी दिनुभयोे ।
नगरपालिकाका शिक्षा शाखाका प्रमुख पूर्णबहादुर अछामीले नगरपालिकाले गरेका गतिविधिहरुका बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्थानीयले हरेक वडामा विभिन्न पकेट क्षेत्रको रुपमा विकास गरी कृषि उत्पादन बढाउन कार्यक्रम गर्नुपर्ने, उत्पादनमा आधारित अनुदान बढाउनु पर्ने, कच्ची सडक बाह्रै महिना सवारी चल्न सक्ने बनाउन ध्यान दिनु पर्ने, राईनास वृहत खानेपानी योजना संचालन गर्नु पर्ने, नगरपालिकामा प्रदेश स्तरीय अस्पताल विकासमा जोड दिनु पर्नेे, स्वस्थ्य ईकाइहरुमा ओैषधीको अभाव हुन नहुने, विद्यालयमा शिक्षक दरबन्दी पूरा गर्नु पर्ने , विद्यालय खाजा कार्यक्रममा थप बजेटको ब्यवस्था गर्नु पर्ने, आर्थिक अभावमा बालबालिकाले कक्षा छाड्ने दर बढेकाले सोको समाधानमा ध्यान दिनु पर्ने , पालिका भित्रका चक्रतिर्थ धाम, चेपेघाट लगाएतका धार्मिक क्षेत्रलाई विकास गरिनु पर्ने, पालिकाको आबाधिक योजना काल्पनिक नभै यथार्थ परक बनाउनु पर्ने, दिर्घकालिन रुपमा असर पर्ने सार्वजानिक सरोकारका विषयमा ब्यापक छलफल गर्नु पर्ने, महंगी नियन्त्रणमा ध्यान दिनु पर्ने, ठेकेदारले योजनाको काममा ढिलासुस्ती गरेको गुनासो गरेका छन् । त्यसैगरी फोहोर ब्यवस्थापनमा जोड दिनु पर्ने, डम्पिङ साईडको उपयुक्त स्थानमा खोजी गरिनु पर्ने, महिलाहरुको आय आर्जन र खेलकूद गतिविधिमा ध्यान दिनु पर्ने, यातायात भाडा तोक्नका लागि सहजिकरण गरिदिनु पर्ने, समग्र पालिकालाई नमुना पालिकाको रुपमा विकास गर्नु पर्ने लगाएतका सहभागीले सुझाव दिएका छन् ।
उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख खड्ग बहादुर गुरुङ, उप–प्रमुख पुष्पराज खनाल , प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले सहभागीहरुको जिज्ञासाको जवाफ दिनु भएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.