पालुङटारमा कुमाल समुदायद्वारा माघी बिशेष कार्यक्रम सम्पन्न

नेपाल कुमाल समाज सुधार  पालुङ्टार नगर समिति र कोलडाडा आमा समूहको आयोजनामा माघीपर्व मनाइएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर 7 च्याङ्ली मा नेपाल कुमाल समाज सुधार पालुङटार नगरकोटीका अध्यक्ष देवीलाल कुमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल कुमाल समाज सुधार पालुङटार 7  गोरखाको सदस्य कुमाल भाषामा स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल कुमाल समाज सुधार का पूर्व केन्द्रिय अध्यक्ष जितबहादुर कुमारले आफ्नो भाषा साहित्य र कलालाई संरक्षण गर्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले भाषा साहित्य र काला आफ्नो जातजातिको भाषाहरू लोप हुँदै गइरहेको अवस्थामा गरिने यस्ता कार्यक्रमहरुले सकारात्मक सन्देश दिने भएता पनि सबै स्थानमा बसोबास गरेका कुमाल समुदायलाई समेट्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कुमाल समुदाय बाट जननिर्बाचित वडा नम्बर 7 का वडाअध्यक्ष arjun kumal सहित वडा सदस्यहरुलाई सम्मान गरियो थियो । त्यस्तैगरि लोक सेवा तथा शिक्षक सेवा सहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका कुमाल समुदायका व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो साथै 2078 सालमा SEE पास गरेका विद्यार्थीहरुलाई समेत सो अवसरमा सम्मान गरिएको थियो ।

कार्यक्रममा संग्रहालय व्यवस्थापन समितिका सचिव चन्द्रबहादुर कुमाल, नेपाल कुमाल समाज सुधार गोरखा जिल्लाका सदस्य राधिका कुमाल, त्यस्तैगरी विनायक कुमाल भानु नगरपालिका बाट धनराज कुमाल, पालुङटार नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष अर्जुन  कुमाल, समाज सुधारका केन्द्रीय सदस्य एवं कोलडाँडा महिला समूहकी अध्यक्ष भगवती कुमाल, मिडिया प्रालिका संचालक रवीन्द्र कँडेल लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन उमेश कुमालले गर्नुभएको थियो ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.