शिक्षकहरूका लागि ७ दिने कष्टमाइज्ड डिजीटल लिटरेसी तालिम सम्पन्न (फाेटाेसहित)

असार २५, गाेरखा

शिक्षकहरूका लागि गाेरखाकाे पालुङटार नगरपालिकास्थित जीवन ज्याेति माध्यमिक बिद्यालयमा सञ्चालित ७ दिने कस्टमाइज्ड डिजिटल लिटरेसी तालिम अाज सम्पन्न भएकाे छ ।

शिक्षा तालिम केन्द्र दमाैलीकाे अायाेजना र पालुङटार नगरपालिका शिक्षा शाखाकाे संयाेजनमा साे तालिम कार्यक्रम सञ्चालन भएकाे थियाे । तालिममा पालुङटार नगरपालिकाका १६ बिद्यालयका २९ जना शिक्षकहरूकाे सहभागिता रहेकाे थियाे  । समापन समाराेहमा बाेल्दै शिक्षा तालिम केन्द्रकाे बिस्तारित शाखा गाेरखाकाे प्रमुख सरस्वती देवकाेटाले तालिमकाे महत्व का बारेमा प्रकाश पार्नुभएकाे थियाे । साेही क्रममा उहाँले अागामी दिनहरूमा पनि यसरी नै समन्वय गरी तालिम सञ्चालन गर्न सकिने कुरा बताउनुभयाे ।

शिक्षा युवा तथा खेलकुद शाखा पालुङटारका शाखा अधिकृत माधव पाेखरेलकाे सभापतित्वमा सम्पन्न समापन समाराेहमा बाेल्दै पाेखरेलले तालिममा सिकेका कुराहरूलाइ कक्षाकाेठासम्म पुर्याउन शिक्षकहरूसँग अाग्रह गर्नुभएकाे थियाे । साथै अबकाे युगमा हरेक शिक्षकहरूसँग अनिवार्य रूपमा ल्यापटप हुनुपर्ने बताउनुभयाे । प्रविधीसँग जुध्दै अघि बढन सके मात्र शिक्षण सिकाइ प्रभावकारी हुने उहाँकाे भनाइ रहेकाे थियाे ।

तालिमकाे व्यवस्थापन भने च्याङली सामुदायिक सिकाइ केन्द्रले गरेकेा थियाे । सिकाइ केन्द्रका अध्यक्ष रबिन्द्र कंडलले समापन समाराेह कार्यक्रमकाे सञ्चालन गर्नुभएकाे थियाे  । साे कार्यक्रममा सहभागीहरूका तर्फबाट एलिसा खनाल र इश्वर बस्ताकाेटीले अाफ्ना भनाइहरू राख्नुभएकाे थियाे भने नारायणी देवी महतले गीतकाे माध्यमबाट तालिमकाे प्रभावकारिता काे झल्काे दिनुभएकाे थियाे ।          तालिम अबधिभरमा वर्ड, एक्सेल, पावरप्वान्ट, ईमेल इन्टरनेट, महत्वपुर्ण वेबसाइट लगायतका बिषयमा प्रस्तुतिकरण गरिएकाे थियाे । तालिम केन्द्रका प्रशिक्षकहरू किर्तीराज ढकाल, महादेव वस्ती, रबिन्द्र कंडेल लगायतकाले सहजीकरण गरेका थिए ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.