एक हप्ताभित्रै प्रहरीद्वारा करीब साढे अाठ हजार गाँजाकाे बाेट नष्ट

असार २४, गाेरखा ।

प्रहरी कार्यालय गाेरखाले एक हप्ताभित्रैमा करिब साढे अाठ हजार गाँजाकाे बाेट नष्ट गरेकाे छ । मनसुन परिवर्तन भएसँगै प्राकृतिक रूपमा जिल्लाका बिभिन्न स्थानहरूमा गाँजाकाे बाेट उम्रने गर्दछन् । साे बिरूवाहरूलाइ संरक्षण गरी मानिसहरूले लागु अाैषधकाे रूपमा प्रयाेग गर्ने, बेचबिखन गर्ने जस्ता कार्यबाट राेक्ने उदेश्यका साथ गाँजा फँडानी अभियानलाइ निरन्तरता दिएकाे प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

साेही क्रममा असार १८ गते देखि २४ गतेसम्मकाे अवधीमा मात्रै प्रहरीले ८४२८(आठ हजार चार सय अठ्ठाईस) बोटहरु नष्ट गरेकाे छ  । यस बर्ष मात्रै प्रहरीले गाेरखामा ३९८६५(उन्चालिस हजार आठ सय पैसठ्ठी) गाँजाका बोटहरु फडानी
गरिएको र गाँजा फडानी गर्ने कार्यलाई अभियानकै रुपमा निरन्तरता दिईएको बताइएकाे छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.