गोरखा, २५ असार ।
गोरखाको पालुङटार नगरपालिकाले नगरपालिका भित्रका दुई वटा सडक कालोपत्रे सहित २७ सडक प्राथामिकतामा रखेर बजेट विनियोजन गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष ७९/८० का लागि बाह्रपिर्के नयाँगाउँ रानीखोला पपनेफाँट सडक र हवाई ग्राउन्ड भित्रि बाटोको सडक गरि दुई वटा सडकको कालोपत्रे सहित २७ वटा सडकलाई प्राथामिकतामा रखेर बजेट विनियोजन गरेको हो ।
जस अन्र्तगत बाह्रपिर्के नयाँगाउँ रानीखोला पपनेफाँट सडकमा ७५ लाख रुपैया, हवाई ग्राउन्ड भित्रि बाटो कालोपत्रे गर्नका लागि २० लाख रुपैया विनियोजन गरेको छ । त्यसै गरि नगरपालिकाको प्रथमिकतामा परेका सडकहरुमा मालतीगैरा धारापानी डुम्रे डाँडा कदली सडक स्तरोन्नतीका लागि २५ लाख रुपैया, बड्डाँडा, जयन्ति मार्ग सडकका लागि १५ लाख रुपैया, लुइंटेल भन्ज्यांग लुइंटेल डाँडा ओप्रि सडक २५ लाख रुपैया, कालामाटा जैसीथोक बेतेनी सडक ३० लाख रुपैयाँ, आँपपिपल भन्ज्याङ दार्मिचौर सडक स्तरोन्नतीका लागि १५ लाख रुपैया, बजेट बिनियोजन गरेको छ भने गौडा पुरानो डी ढिकीडाँडा सडक १० लाख, बिनियोजन गरेको छ ।,
त्यसैगरी नगरपालिकाले प्राथामिकतामा राखेको सडक आयोजना अन्र्तगत तल्लो बोगटीगाउँ सिउडेनी चौतारा सडक खण्ड स्तरोन्नतीका लागि १० लाख, रातमाटे देवीस्थान सडकखण्डका लागि १५ लाख, लुइंटेल भन्ज्यांग लप्सी चौर लाजिकोट बाघडाँडा सडकखण्डका लागि २५ लाख, बिनियोजन गरेको छ ।
त्यस्तै नगरपालिका गेट देखि मूल सडक जोड्ने मार्ग १८ लाख, ढुंगेटारी चालिसे डाँडा लामागरा सडकका लागि १६ लाख, बिरुवाटार जुडीखोला तिलाराम भन्ज्यांग सडकका लागि २० लाख, बोहरागाउँ राईगाउँ खोल्ली गाउँ सडकका लागि १० लाख, पुतलीखेत सिप्लिनडाँडा बुडीचौर सडक, छरछरे सडक, झालुंगे फाँट घडेरीखोला सडक निर्माणका लागि १०/१० लाख, ठाँटिपोखरी बजार पैदल मार्ग निर्माणका लागि २० लाख रुपैयाँ, नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बिनियोजन गरेको हो ।
नगरपालिकाले काब्रे सिरिसे तिलाराम भन्ज्यांग जुडी खोला सडकका लागि १५ लाख, जोगीबेसी डाँडापानि पहिरा सडकका लागि ५ लाख र हजार फाँट सडकका लागि ३ लाख, लुङ्गा खोप्लांग चापाभन्ज्यांग सडक स्तरोन्नतीका लागि ५० लाख, बज्रे डाँडा भित्रि सडक, तल्लोफाँट अल्का चिलाउने सडक चिसाे खोला साँगुगौडा कल्भर्टका लागि ५/५ लाख, ज्वोति चौतारा लुन्गा सडक क्रमागतखण्डका लागि क्रमागत अन्र्तगत १० लाख रुपैया बिनियोजन गरेको नगरपालिकाले जनाएको छ । यि आयोजनाहरुका लागि कुल ४ करोड ७७ लाख रुपैया बिनियोजन गरेको पालुङटार नगरपालिकाले जनाएको छ ।
त्यसै गरि नगरपालिकाले सडकको स्तरोन्नतीका लागि ४ करोड ७७ लाख बजेट बिनियोजन गरेको छ ।