शिक्षकहरूको तलब मासिक रूपमा उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीको माग

राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार नगर समितिले एक विज्ञप्ति जारी गरी शिक्षकहरूलाई मासिक तलब प्रदान गर्न माग गरेको छ।

पालुङटार नगरपालिकाका राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति आनन्दराज पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षकहरूको मासिक तलब व्यवस्थापन गर्न माग गरिएको छ / “शिक्षकहरूको तलब मासिक रूपमा व्यवस्थापन गर्न शिक्षामन्त्री सुमना श्रेष्ठको नेतृत्वमा बनेको शिक्षा मन्त्रालयको टिमले निर्णय गरी कार्यान्वयनमा आइरहेको अवस्थामा पालुङटार नगरपालिकामा भने यो लागु नभएकोप्रति खेद व्यक्त गर्दै तुरुन्त मासिक रुपमा तलब भुक्तानी व्यवस्था गर्नको लागि माग गर्दछौं,” विज्ञप्तिमा भनिएको छ शिक्षकहरुलाई मासिक रुपमा तलब सुविधा नदिँदा अप्रत्यक्ष रुपमा त्यसको मार् विद्यार्थीहरूमा पर्ने प्रति राष्ट्रिय स्वतन्त्र पार्टी गम्भीर भएको पनि विज्ञप्तिमा बताइएको छ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.