गोरखामा ६९ औं प्रहरी दिवस सम्पन्न

-३०, गोरखा ।
“साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौ निर्माण गर्न सुन्दर सामाजिक परिवेश” भन्ने मूख्य नाराको साथ नेपाल प्रहरीले मनाईरहेको ६९ औं प्रहरी दिवस कार्यक्रम जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजना गरिएका खेलकुद प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रहरी कर्मचारी तथा दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरु, विर अमर प्रहरी परीवार र गोरखा जिल्लामा कार्यरत प्रहरीलाई विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कार तथा प्रशंसा पत्र वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भोला दाहालले सिमित साधनस्रोतका बाबजुद गोरखा जिल्लामा प्रहरीले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । गोरखा जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गराउने कुरामा गोरखा प्रहरीको प्रशंसनिय योगदान रहेको बताउदै प्राकृतिक प्रकोप, चोरी न्युनिकरण, अपराध न्युनिकरण, शान्ति सुरक्षा लगायतका हरेक घडीमा आफूलाई इमान्दारिता, जिम्मेवारिताका साथ अघि बढाउँदै व्यवसायिक रुपमा पनि आफूलाई उत्तिकै सक्षम रहेको महसुस भएको उहाँले बताउनुभयो ।
उपस्थित अतिथी ज्युहरुलाई धन्यवाद ज्ञापन गर्दै गोरखा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले विगतदेखि नै राष्ट्र र जनताको सेवामा निरन्तर खट्दै आएको प्रहरी संगठन सदैब जनमुखी, पारदर्शी र छिटो छरितो सेवा प्रवाहमा प्रतिवद्ध रहेको साथै यसमा साथ दिने सम्पुर्ण प्रहरी, पुर्व प्रहरी र सम्पुर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो साथै प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माले प्रहरी दिवसका अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको शुभकामना सन्देश बाचन गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष, वीर अमर प्रहरी परिवारका सदस्यहरु, पत्रकार महासंघ गोरखाका कार्यवाहक अध्यक्ष, जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष,पूर्व प्रहरी संगठनका अध्यक्ष, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, गैह्र सरकारी संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, जिल्ला स्थित राजनैतिक दल र भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरु, यातायात व्यवसायीहरु, निर्माण व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधिहरु र विभिन्न निकाय तथा संघ संस्थाहरुबाट पाल्नु भएका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.