तनहुँमा कार्यरत पत्रकार अमरराज नहर्की काठमाडौंमा सम्मानित

तनहुँ । तनहुँमा कार्यरत पत्रकार अमरराज नहर्की काठमाडौंमा शनिबार सम्मानित भएका छन् । पत्रकारिता क्षेत्रबाट नेपाली, कला साहित्यको  विविध गतिविधी समुदाय समक्ष समाचार प्रस्तुत गरी नेपाली कला, साहित्य, गीत सङ्गीतको संरक्षण सम्बद्धमा योगदान पु¥याएको भनि जय प्राप्ति म्युजिक अवार्ड–२०८० मा मोफसल पत्रकारितका सम्मानबाट पत्रकार नहर्की सम्मानित भएका हुन् । दोस्रो म्यूजिक अवार्ड वितरण कार्यक्रमको अवसरमा पत्रकारिता क्षेत्रबाट नहर्कीलाई सम्मान गरिएको  थियो ।

चलचित्र विकास वोर्ड, चाबहिलमा नेपाल सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्मानपत्र प्रदान गरे ।  मोफलसमा बसेर पत्रकारिताको माध्यबाट नेपाली भाषा, साहित्य, कला, सङ्गित क्षेत्रको उत्कृष्ट लेखन गरे वापत पत्रकार नहर्कीलाई सम्मान गरिएको अवार्डका संयोजक तथा लोकप्रिय गायक जयराज भट्टले जानकारी दिए । अवार्ड कार्यक्रममा विभिन्न विद्यामा गीत सङ्गीतका स्रष्टा र सर्जकलाई सम्मान गरिएको थियो । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु, हास्य कलाकार, अग्रज देखि नवोदित सम्मका कलाकारहरुको सहित वजेड साङ्गेतिक प्रस्तुति गरिएको थियो ।

पत्रकार नहर्कीले थुप्रै मान सम्मान पाइसकेका छन् । उनले  नेपाल पत्रकार महासङ्घ, शिक्षामन्त्रालयको शिक्षा विभागद्धारा सयुक्त रुपमा प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार– २०७२, शिक्षा लेखनवृत्ति पुरस्कार–२०७० लगायत थुुप्रै पुरस्कार तथा मान सम्मान पाई सकेका छन् । नहर्की नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष हुन् ।  नहर्की दुई दशक अघि देखि पत्रकारितामा क्रियाशिल छन् 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.