च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा तीन दिने उद्घोषण तथा भाषणकला कार्यक्रम सञ्चालन

पालुङटार नगरपालिका वडा नम्बर ७ मा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तीन दिने उद्घोषण तथा भाषणकला कार्यक्रम आज सम्पन्न भएको छ। सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम बिरुवाटारमा सुरु भएको थियो। वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालले प्रमुख अतिथिको रुपमा उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा पहिलो दिन मा पत्रकार शंकरराज नहरकीले माइनोट लेखन, भाषण कला लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो। त्यस्तैगरी दोस्रो दिनको कार्यक्रममा संस्थाका अध्यक्ष एवं गोरखा संसार मिडिया प्रालीका सञ्चालक रविन्द्र कँडेलले उद्घोषण कला यसको महत्त्व र सार्वजनिक कार्यक्रम सञ्चालन पद्धतिका बारेमा सहजीकरण गर्नुभएको थियो। पालुङ्टार नगरपालिका स्थित शिक्षा युवा तथा खेलकुद शाखाको सहयोगमा सञ्चालित तीन दिने कार्यक्रमको तेस्रो दिनमा भने पत्रकार पूर्ण विकले प्रेस नोट, समाचार संकलन लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो !
तीन दिने कार्यक्रमको समापन समारोहमा बोल्दै सहभागीका तर्फबाट जीवनकुमार श्रेष्ठ सुशीला श्रेष्ठ एरिका सुनार समीक्षा कुमाल लगायतकाले आफ्ना अनुभूतिमूलक मन्तव्य राखेका थिए सिकाई केन्द्रले आफ्नो स्थापना कालदेखि नै वडा नम्बर ७ भित्र सिपमूलक तालिम, प्राैड कक्षा सञ्चालन, व्यवसायीहरूका लागि घुम्ती कोष लगायतका धेरै कार्यक्रमहरु गर्दै आइरहेको छ जसले गर्दा समाजमा सकारात्मक परिवर्तन समेत ल्याइरहेको सहभागीहरुले बताएका छन् बोल्ने कला र भाषण गर्ने कला जीवनभर आवश्यक भइरहने भएको हुँदा सिकाई केन्द्रले सञ्चालन गरेको यो कार्यक्रम अत्यन्तै फलदायी हुने सहभागीहरुले बताएका थिए कार्यक्रममा च्याङ्ली भित्र रहेका १८ वटा टोल विकास संस्थाहरुबाट सचिवहरूको उपस्थिति रहेको थियो।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.