तनहुँमा खुकुरी प्रहार गरी एकको हत्या

सम्झना रसाइली

तनहुँ, २ माघ ।

जिल्लाको भानु नगरपालिका–६ टुहुरे पसलमा सोमबार साढे ११ बजेतिर स्थानीय अन्दाजी ४९ वर्षीय सन्तबहादुर गुरुङमाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहारबाट सन्तबहादुरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । घटनामा संलग्न भएको आरोपमा व्यास नगरपालिका–८ रिस्तीका करिब २४ वर्षीय आशिष परियारलाई हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको छ । आशिषले खुकुरीले सन्तबहादुरको घाँटीमा प्रहार गरेका थिए । उक्त घटनामाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.