आँबुखैरेनीमा मगर समुदायले माघे सकराती भव्य रुपले मनाए ।

राम धामी

आँबुखैरेनी, १ माघ । तनहुँको आँबुखैरेनीमा आइतबार मगर समुदायको राष्ट्रिय प्रमुख साँस्कृतिक चाड माघे सकराती -२०७९ भव्यताका साथ सम्पन्न भएको छ । नेपाल मगर संघ आँबुखैरेनी गाउँ समितिले आँबुखैरेनी-३, स्थित हाट बजारमा माघे सकराती-२०७९ को अवसर पारेर बृहत साँस्कृतिक तथा खेलकुद कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो । सो अवसरमा ६ वटै वडाका मगर समुदायले आ-आफ्नो भेषभुषामा सजिएर एकै ठाँउमा भेला भई विविध साँस्कृतिक कार्यक्रम अन्तर्गत मगर सँस्कृतीको घाटु नाच, सोरठी नाच, कौराहा नाच, झ्याउरे नाच, हुर्रा नाच प्रस्तुत गरेका थिए । माघे सकराती विशेष कार्यक्रममा कहर सिंह थापा, शिला आले, कमल सापकोटा, बिना खाती, दिप्सन सेन्चुरी, शिव थापा लगाएतका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए । यस्तै, कार्यक्रम स्टलमा मगर समुदायको खिचडी, बङुरको मासु, गुन्द्रुक, बारा सेलरोटी, शखरखण्डा लगाएत खानाका परिकारहरु राखिएको थियो । सो अवसरमा आयोजित विविध खेलकुद कार्यक्रम अन्तर्गत घैंटो फुटाई र डोरी तान्ने प्रतियोगिता संचालन गरिएको थियो । कार्यक्रम संचालन हुनु अघि आँबुखैरेनीको विभिन्न टोल हुँदै कार्यक्रम स्थल सम्म बृहत् र्याली निकालिएको थियो । नेपाल मगर संघ आँबुखैरेनी गाउँ समितिका अध्यक्ष कटक बहादुर थापाको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, निवर्तमान अध्यक्ष गिर बहादुर थापा, नेपाल मगर संघ तनहुँका जिल्ला सदस्य कमल बहादुर मगर, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख गायत्री राज शर्मा, आँबुखैरेनी गाउँपालिकाका प्रवक्ता प्रेम बहादुर गुरुङ, वडा नं. ४ का वडाअध्यक्ष मिलन भुजेल लगाएतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.