गोरखा सदरमुकामको एक होटलबाट जुवा खेल्दै गरेका पाँच जना पक्राउ परेका छन् ।
बिसौनीमोड स्थित लापु होटलबाट तास खेल्दै गरेका पाँच जनालाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
जुवाडेहरुबाट ५२ हजार नौ सय रुपैयाँ नगद बरामद गरिएको छ । उनीहरुलाई जुवातास खेल्न नहुने कसुर मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भईरहेको डिएसपी लामिछानेले बताए ।
तिहार लागेसँगै गोरखामा पछिल्लो समय प्रशासनको आँखा छलेर जुवातास खेल्ने क्रम बढ्न थालेको छ ।