अब नयांपुलदेखिकाे भाडा प्रतिकिलाेमिटर १० मात्र

नयाँपुल देखि  पालुङटार ६ र ७ चल्ने सार्वजनिक सबारी साधन को भाडादर कायम गरिएको छ ।

पालुङटार नगरपालिका वडा नम्बर ७ को कार्यलय मा वडा अध्यक्ष अर्जुन कुमाल को अध्यक्षतामा कार्तिक ५ गते बसेको भेलामा  उपभोक्ता ,स्थानिय सरोकार वाला र यातायात ब्यबसायी को संयुक्त भेलाले नयाँपुल देखि वडा नम्बर ६ र ७ चल्ने सार्वजनिक सबारी साधन को भाडादर प्रतिकिलाेमिटर १० कायम गरेको हो । सरकारी भाडादर कच्ची सडक को प्रती किलोमिटर ८ रुपैयाँ भएता पनि यहाँ चल्ने सार्बजनिक यातायात ले मनोमानी भाडा लिने गुनासो धेरै आएको कारण मनोमानी हुन नदिन भाडा निर्धारण गर्नु परेको पालुङटार ७ का वडा अध्यक्ष अर्जुन कुमाल ले बताउनु भयो । भेलामा वडा अध्यक्ष ले आफू जनता को सेवा गर्न आएको ले जनता लाई हित हुने जस्तोसुकै काम गर्न तयार रहेको बताउनु भयो ।                                                                               यातायात व्यावसायिलाई स्थानीय अबस्थालाइ बुझेर यातायात व्यावसायि लाई नि मर्का नपर्ने गरि सरकार ले तोकेको भन्दा २ रुपैयाँ थप गरि १० रुपैयाँ गरिएको ले सोही अनुसार भाडा लिन आग्रह गर्नु भयो । अन्यथा निर्धारण गरिएको भाडा अनुसार भाडा नलिगे कारबाही गरिने बताउनु भयो ।                                                                             भाडादर अनुगमनकाे लागि स्थानीय राजकुमार परियारकाे संयाेजकत्वमा ११ सदस्यीय समिति समेत गठन गरेकाे छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.