गण्डकी प्रदेश अन्तर जिल्लास्तरिय भलिबल प्रतियोगिताको उपाधि तनहुँलाइ

गोरखा, १६ असोज । 

भिमसेन थापा गाँउपालिका बोर्लाङ्गमा यही १२ गते देखी सुरु भएको गण्डकी प्रदेश अन्तर जिल्लास्तरिय भलिबल प्रतियोगिताको उपाधि तनहुँले हात पारेको छ ।

प्रतियोगिताको आज भएको फाइनल खेलमा स्याङजा जिल्ला भलिबल संघलाई पराजित गर्दै तनहुँ जिल्ला भलिबल संघ बिजेता बन्न सफल भएको हो ।

५ सेटमा भएको खेलमा स्याङजाले २ सेटमा मात्र जित हात पारे पछि उप बिजेतामा चित्त बुझाउनु परेको थियो ।

प्रतियोगितामा आयोजकको टिम सहित ११ जिल्लाका गरी १२ टिमको सहभागीता रहेको थियो । पुरुष तर्फको खेलमा प्रथम, द्वितिय, तृतिय र चौथो पुरस्कार स्वरुप बिजेताले क्रमश। १ लाख ३० हजार, ७० हजार, ३५ हजार र १५ हजार सहित मेडल र कप प्राप्त गरेका छन् ।

त्यस्तै गरी, महिला तर्फको खुल्ला भलिबल प्रतियो्िगता प्रथम, द्वितिय, तृतिय र चौथो हुनेले समूहले क्रमश.७०, ४०, २० र १० हजार सहित कप र मेडल प्राप्त पाएका छन् ।

भेटेरान्स तर्फ भने प्रथम र द्वितिय समूहले मात्र उपहार पाएका छन् । खेलमा प्रथम र द्वितिय हुनेले क्रमश. ४० र २५ केजीको खशी उपहार स्वरुप पाएका थिए ।

आयोजकले खेल अवधिभर पुरुष तथा महिला तर्फ राम्रो खेल प्रर्दशन गर्ने वेष्ट प्लेयर, स्पाईकर, ब्लकर, डिफेन्डर, सर्भर, सेटर र कोचलाई पनि मायाँको चिनो सहित नगद पुरस्कारले सम्मान गरेको थियो ।

बिजेता तथा सहभागीलाई समापन कार्यक्रमका प्रमुख अतिथी भीमसेन थापा गाउँपालिकाका प्रमुख लोकप्रसाद बञ्जाराले पुरस्कार बितरण गर्नु भएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.