गाेरखाबाट हनुमान ढाेका फुलपाती पठाइयाे

गोरखकाली मन्दिरस्थित दशैंघरबाट काठमाण्डौंको हनुमानढोकास्थित दशैं घरमा फूलपाति लगिएको छ । गोरखामा विधिपूर्वक शनिवार राति संंकलन गरिएको फूलपाति आज बिहान मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।

गोरखकाली मन्दिरका पुजारी र सुसारेले अघिल्लो दिन गोरखा नगरपालिका वडा नम्वर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती काठमाण्डौं पठाइएको गोरखा दरवार हेरचाह अड्काका प्रमुख हरिप्रसाद भुषालले जानकारी दिए ।

दरवार परिसरका चण्डिस्थानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा बा २ झ ३८८२ नम्वरको सरकारी गाडीमा फूलपाती लिएर काठमाण्डौं गएका हुन । फूलपाती पठाउने क्रममा बाजागाजा सहित हर्षोल्लास मनाइएको थियो ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौं राज्य जितेपछि गोरखाबाट फूलपाति हनुमानढोका दशैंघरमा लैजाने परम्परा बसेको हो । उनले विसं १८२५ सालमा काठमाण्डौंमा विजय प्राप्त गरेका थिए ।

गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाति लैजाने परम्परा रहेको थियो । राणाकाल शुरुभएसँगै उक्त परम्परा अवरुद्ध भएको थियो । जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको भुषालले बताए ।

Facebook Comments Box
मुख्य समाचार
गोर्खा संसार

लगातारको झरीका कारण देशैभर जनजीवन कष्टकर नारायणगढ मुग्लिन सडक खण्डमा सवारी साधन चलाउन रोक

असोज १२ गते । करिब ६० घण्टादेखि निरन्तर रूपमा आइरहेको वर्षाका कारण देशैभरको जनजीवन कष्टकर बनेको छ। जसबाट कैयौँको ज्यान गएको छ भने कैयौं बेपत्ता

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

जापानिज ईन्सेफ्लाईटिसको कारण गोरखामा एक महिलाको मृत्यु

गोरखा, १० असोज । जापानिज ईन्सेफ्लाईटिसको कारण गोरखामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१२ स्थित दशकिलो घर भएकसी राधिका कुमाललको उपचारको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

लोकल रक्सी ब्रान्डिङको लागि नगरपालिका र सामुदायिक सिकाई केन्द्रको साझेदारी

गोरखा संसार संवाददाता गोरखा नगरपालिका र गोर्खा सामुदायिक सिकाई केन्द्रले लोकल रक्सी ब्रान्डिङ गर्नको लागि साझेदारी गर्दै कार्यक्रमहरू अघि बढाइरहेको छ। सोही कार्यक्रम अन्तर्गत दोस्रो

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

जबरजस्ती करणी आरोपमा गोरखा आरुघाट रुघाटका एक युवा पक्राउ

गोरखा, गोरखाको आरुघाट गाउँपालिका वडा नं १ बाट जबरजस्ती करणी आरोपमा एकजना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा आरुघाट गाउँपालिका वडा नं १ निवासी वर्ष

सबै पढनुहोस »
खेलकुद
गोर्खा संसार

छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

असोज ९, पोखरा ।पोखरा नदिपुरको छन्त्याल समाजघरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता बिहिबारबाट सुरु भएको छ ।पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

महेश्वर चन्द्र प्रधान लाई सम्पदा सम्मान तथा संस्कृतिविद प्रेम खत्री को कृति विमोचन !

नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा असोज ७ गते सञ्चालित विशेष समारोहबीच नेपालका प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद् प्रा.डा. प्रेम खत्री को कृति “साना निबन्ध ” को विमोचन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.