असार ११, गाेरखा ।
जिल्ला प्रहरी कार्यालय गाेरखाले बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे छ ।
अाज एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी प्रमुख उपरीक्षक केदार खनालकाे उपस्थितिमा कार्यालय परिसरमा २०० भन्द बढी बिरूवाहरू लगाइएकाे बताइएकाे छ ।
त्यस्तै गरी इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीले पनि ५० विरूवा, इलाका प्रहरी कार्यालय जाैवारीले ५०, प्रहरी चाैकी बार्हकिलाेले ५० बिरूवाहरू लगाएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका सूचना सम्प्रेषण अधिकृत साेमदास ढकालले जानकारी दिनुभएकाे छ । ढकालका अनुसार गण्डकी गाउँपालिका वडा नं. ८ मा भने घ्याल्चाेक प्रहरी चाैकीले स्थानीय श्री चण्डेश्वरी आमा समूहसंग समन्वय गरी नयाँपुल देखी कुनागाउँ सम्म सडकको सरसफाई गर्नुका साथै सडक किनारमा अं.५०० विभिन्न जातका बिरुवाहरु वृक्षारोपण गरेको छ ।