जिल्लाको बन्दिपूर गाउँपालिका १ स्थित डुम्रे बजार चिसापानिमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ता हुने भएको छ ।
कार्यालयले यहि जेठबाट सवारी साधनको दर्ता गर्न सुरु गरेको कार्यालयका सूचना अधिकारी प्रदीप सापकोटाले जानकारी दिए । यसअघि यस क्षेत्रका सवारीसाधन दर्ताको लागि पोखरामा जानुपर्ने बाध्यता थियो ।
त्यस्तै यातायात व्यवस्था कार्यालय बिमलनगरले पनि असार पहिलो साताबाटै लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । लाइसेन्सका लागि परीक्षा र ट्रायल लिने र पास गरेकालाई लाइसेन्स वितरण गरिने यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिए ।
कार्यालयबाट लाइसेन्सको वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका बासिन्दाले पोखरा, चितवन र काठमाडौं धाउनु पर्ने बाध्यता हट्नेछ ।