पालुङटार ६ का केशर बहादुर थापाकाे घर बाढीले बगायाे

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ६ स्थित केउरेनीका केशर बहादुर थापाकाे घर गएराती परेकाे अबिरल बर्षाका कारण बगाएकाे छ ।

ढुङ्गा र सिमेन्टबाट बनेकाे थापाकाे २ काेठे घर रातकाे समयमा अाएकाे बर्षाकाे कारण बगाएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जानकारी दिएकाे छ । थापा रातिदेखि नजिकैकाे बारीमा ६ जनाकाे परिवार सहित त्रिपाल मुनी बस्दै अाएकाेमा अाज इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीकाे टाेलीले उद्धार गरेकाे छ । उहाँकाे घर नजिकै रहेकाे ज्याेति रानाकाे घर पनि उच्च जाेखिममा रहेकाे छ ।

गएरातीकाे झरीका कारण पालुङटारका बिभिन्न क्षेत्रहरूमा धेरै क्षति भएकाे छ । मुख्यगरी थन्क्याउने बेला भएकाे धानखेत अधिकाँश बगरमा परिणत भएपछि किसानहरू चिन्तित छन् । त्यस्तै गरि नगरपालिका भित्रका धेरै सडकहरू भत्किएका छन् ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.