जहाज टुक्राटुक्रा भएपनि आगो नलागेको अवस्थामा भेटियो, शव चिनिने अवस्थामा भेटियो

सन्देश श्रेष्ठ
पोखरा, जेठ १६

दुर्घटनामा परेको तारा एयरको ९एन एईटी टवीनअटर विमान क्षतविक्षत अवस्थामा भेटिएको छ । दुर्घटना स्थलमा पुगेका म्याग्दी दानाका ईन्द सिंहका अनुसार विमान क्षतविक्षत अवस्थामा रहेको हो । अवरुद्ध बाटो खोल्न होस वा अन्य कुनैपनि काम गर्नुपरेमा अगाडि सर्ने गरेका सिंह हवाई जहाज दुर्घटना भएको थाहा पाएपछि हिजै दानाबाट हिंडेर दुर्घटना स्थल नजिकको क्षेत्र कोवाङ पुगेर बास बसेका थिए ।

राती अबेर भएपछि त्यतै बास बसेका उनी विहानै स्थानिय भेंडी गोठालाले जहाज दुर्घटना अवस्थामा भेटिएको खबर गरेलगत्तै त्यसतर्फ गएका थिए । उनका अनुसार जहाजमा आगो लागेको छैन । तर जहाज भिरमा ठोक्किएर क्षतविक्षत अवस्थामा छ ।

जहाजमा यात्रुहरु मृत अवस्थामा भेटिएका छन । सिंहका अनुसार शवहरु सकुशल छन तर कोहिपनि जिवित भेटिने सम्भावना छैन । ‘आगो नलागेकाले होला शवहरु सकुशल छन, सबैको अनुहार चिनिने अवस्थामा छन’–उनले भने । उनले अहिलेसम्म आफूहरुले १२ वटा जति शव संकलन गरिसकेको जानकारी दिए । बाँकी शवहरु नजिकैको खोंचमा रहेकाले संकलनमा समस्या परेको उनको भनाई छ ।

सिंहका अनुसार उद्धारका लागि अहिलेसम्म सुरक्षा निकायका कोहिपनि पुगेका छैनन । भेंडी गोठालाले भनेको कुरा नपत्याई बसेका कारण सेना नपुगेको उनको भनाई छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.