चितुवाको अाक्रमणबाट प्रहरी सहित २ जना स्थानीय घाईते

पालुङटार । चितुवाको आक्रमणबाट आज पालुङटारमा एक प्रहरी हवल्दार र दुई जना स्थानिय घाइते भएका छन् । मंगलबार साँझ पालुङटार नगरपालिका वडा नम्बर ४ रानीटार स्थित मकैबारीमा काम गरिरहेका ४४ वर्षीय स्थानिय केशरबहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ ।

चितुवाको आक्रमणबाट स्थानिय घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पछि उक्त घटनास्थल पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि पछाडिबाट आक्रमण गरी चितुवाले घाइते बनाएको छ ।
प्रहरी हवल्दार रायमाझीको पिठ्युमा चितुवाले चिथोरेको छ भने अवस्था सामान्य रहेको छ । स्थानीय केशरबहादुरको ढाड र अभिषेकको बायाँ तिघ्रा, पाखुरा र नारीमा चितुवाले चिथोरेको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार सबैको अबस्था सामान्य रहेको छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.