Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
गोरखा क्याम्पसको प्राध्यापक संघ क्याम्पस इकाई समिति अध्यक्षमा रमेश अधिकारी चयन

गोरखा क्याम्पसको प्राध्यापक संघ क्याम्पस इकाई समिति अध्यक्षमा रमेश अधिकारी चयन

गोरखा क्याम्पसको प्राध्यापक संघ क्याम्पस इकाई समिति अध्यक्षमा रमेश अधिकारी चयन भएका छन् । इकाईको उपाध्यक्षमा विदुर बानियाँ, सचिव सञ्जय अधिकारी, सहसचिव सुशील अर्याल, कोषाध्यक्षमा पार्वती शाही चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बासु खत्री, नवराज पाण्डे, शिवदत्त दवाडी, अशोकभक्त उपाध्याय लगायत छन् । नवगठित समितिका पदाधिकारीलाई निर्वाचन समिति संयोजक कृष्णबहादुर जिसीले सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख रामशारण बानियाँ, सहायक क्याम्पस प्रमुख केशबसिंह धामी, कृष्णप्यारा श्रेष्ठ, प्राध्यापक यदु अधिकारी, महेन्द्र न्यौपाने, यादव शर्मा, सुशीला थापा लगायतले मन्तब्य राखेका थिए ।

इकाई समितिको कार्यकाल तीन वर्षको हुनेछ । केन्द्रीय प्रतिनिधि भने अबको बैठकले चयन गर्ने सह(सचिव सुशील अर्यालले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.