गाेरखा, माघ २८
पालुङटार नगरपालिका वडा नं ३ मा पालुङटार नगरपालिकाका नगर प्रमुख दिपक बाबु कंडेलकाे प्रमुख अातिथ्यतमा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन गरिएकाे छ ।
वडा नंं ३ की एकल महिला सरस्वती गिरीकाे अध्यक्षतामा सम्पन्न एकल महिलाहरूकाे भेलाले अध्यक्षमा सरस्वती गिरीलाइ चयन गरेकाे छ । त्यस्तै समितिकाे उपाध्यक्षमा शान्ती थापा, काेषाध्यक्षमा सरस्वती अधिकारी र सचिवमा कुमारी राना थापा मगर रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरूमा अारती सुनार, दिलु थापा, बिष्णु माय ा अधिकारी, फुलमाया नेपाली क, फुलमाया नेपाली ख, अर्जुना मिया, साेविता बानिया, चन्द्र कुमारी सार्की, मिना बस्याल, खेममाया देवकाेटा र जनिफ मिया रहेका छन् ।
वडा नं. ३ काे वडा कार्यालयमा सम्पन्न भएकाे साे कार्यक्रममा बिशेष अतिथिकाे रूपमा वडा नं. ३ का वडाध्यक्ष रेशम अधिकारी रहनुभएकाे थियाे भने जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे ।
त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ, वडा सदस्यहरू लगायतकाले मन्तव्य राखेका थिए ।
गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।