ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,
ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  
भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले गरेको साधारणसभा तथा निर्वाचन उच्च अदालत पाटनले समेत बदर गरिदिएको छ । ख्वप भक्तपुर मिनिवस सेवा समिति प्रा.लि.को मिति २०७९ । १०। २३ गते भएको संचालक समिति को निर्वाचन कम्पनी ऐन ,नियम तथा प्रा.लि.को प्रवन्धपत्र तथा नियमावली बिपरित भएको भनी उच्च अदालत पाटनले उक्त साधारण सभा तथा निर्वाचन बदर गरिदिएको हो । राजुभाइ लोहला र जागेश्वर गिरी समेतले कम्पनी रजिष्टारको कार्यालयमा गरेको उजुरीका सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरबाट मिति २०८० ।२। २२ गते निर्णय गर्दै मिति २०७९।१०।२३ को निर्वाचन बदर गरी साविक कै गणेशप्रसाद लोहला अध्यक्ष रहेको संचालक समिति कायम गरी सो संचालक समितिबाट उपयुक्त समयमा कानून बमोजिम साधारण सभा गरी बैधानिक संचालक समिति गठन गर्न निर्णय गरेको थियो ।
जसको विरुद्दमा निर्वाचित भनिएका ज्ञानेन्द्र महर्जन समेतले उच्च अदालत पाटनमा पुनरावेदन गरेकोमा उच्च अदालत पाटनबाट मिति २०८१।१।३० गते माननिय मुख्य न्यायाधीस नृपध्वज निरौला र श्याम कुमार भट्टराईको इजलाशबाट सुरु सदर अर्थात कम्पनी राजिष्ट्रारको कार्यालयबाट भएको निर्णयलाई सदर हुने गरी फैसला भएको हो ।
उच्च अदालत पाटनको फैसला सँगै लामो अवधि देखि रहेको ख्वप भक्तपुर मिनिवस सेवा समिति प्रा.लिको बिबाद समाधान भएको छ । तथापी निर्वाचित भनिएको संचालक समितिका नाममा बैठक वोलाउने, निर्णय गर्ने गरेको भनि केही ब्यबसायीहरु अदालतको अपहेलना तथा सार्वजनिक यातायातका रुपमा रहेको ब्यबसायीक समितिका आर्थिक कारोवारका बारेमा सम्बन्धित निकायम उजुरी गर्ने र निर्वाचित भनिएका संचालकहरु बिरुद्द कानूनी लडाई लड्ने तयारी गरिरहेको बताएका छन ।
सम्मानित उच्च अदालतको फैसलालाई नजर अन्दाज गर्ने प्रयत्न प्रति ब्यबसायीहरु अचम्मीत भएका छन् ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.