नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा प्रकाश न्यौपाने, सचिवमा राममाया आले, उपसचिवमा रबिन खड्का र महिला सचिवमा सावित्रा न्यौपाने कोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा चयन भएका छन् ।

२८ गते बिरुवाटारको सभा हलमा सम्पन्न अधिवेशनमा अध्यक्ष पदका लागि सर्वसहमति हुन नसकेपछि निर्वाचन मार्फत अध्यक्षको टुङ्गो लगाइएको थियो। जसमा बसन्त कुमार श्रेष्ठले ६४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी प्रकाश न्यौपानेले ३६ मत र अर्का प्रतिद्वन्दी भाेलाकुमार श्रेष्ठले ९ मत प्राप्त गरेका थिए। कुल ११२ मत खसेकोमा ३ मत भने बदर भएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।
नगरसमिति अध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगर अधिबेशनमा नेकपा एमालेका केन्द्रिय पोलिटव्यूरो सदस्य एवं गोरखा जिल्ला इन्चार्ज लिल बहादुर थापाले प्रमुख अतिथिको रुपमा बोल्दै पार्टीका गतिविधी को बारेमा जानकारी सहित प्रशिक्षणमूलक भनाई राख्नुभएको थियो । त्यस्तै गरी बिशिष्ट अतिथिको रुपमा नेकपा एमालेका केन्द्रिय पोलिटव्यूरो सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज रामशरण बस्नेतले निर्देशनात्मक एवं प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो । त्यस्तै गरी नेकपा एमालेका केन्द्रिय सदस्य एवं पालिका इन्चार्ज सम्झना देवकोटा, जिल्ला अध्यक्ष सुरेन्द्र बहादुर थापा, प्रदेश कमिटी सदस्य एवं संघीय निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज गोपाल पाण्डे, प्रदेश कमिटी सदस्य हरि काफ्ले, हरि भट्ट लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.