राइनासमा ट्याक्टर दुर्घटना हुँदा १ जनाकाे मृत्यु

लम्जुङ २० माघ ।

लम्जुङको राइनास नगरपालिका ६, सिम्लेखोलामा ट्याक्टर दुर्घटनामा परी एकजनाकाे मृत्यु भएकाे छ ।  मृत्यु हुनेमा ४३ वर्षीय अमृत चिलुवाल रहेका छन् ।

इँटा लिन जाँदै गरेको ग १ त ४४४५ नम्बरको ट्याक्टर बुधबार दिउँसो साढे ३ बजेतिर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार र्दुघटनामा परी घाइते भएका सहयोगी राइनास नगरपालिका ६ निवासी गोपाल परियार स्थानीइ स्वास्थ्य संस्थामा उपचार गरी घर फर्किसकेका छन् । अगाडिबाट आइरहेको सवारी साधनलाई साइड दिने क्रममा ट्याक्टर सडकबाट करिब १६२० मिटर तल सिम्लेखोलामा खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं इन्सपेक्टर जगदिश रेग्मीले जानकारी दिए ।

ट्याक्टर चालक दीपक परिवारलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढिरहेको प्रहरीले जनाएको छ । मृतक चिलुवालको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.