६० लाखकाे लागतमा निर्मित वडा कार्यालय भवन मेयर र उपमेयरद्वारा संयुक्त रूपमा उदघाटन

गाेरखा, माघ २०

गाेरखाकाे पालुङटार नगरपालिकाकाे वडा नंं ७ काे वडा कार्यालयकाे नवनिर्मित भवन अाज एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल र उप प्रमुख पम्फा बसेलले संयुक्त रूपमा उदघाटन गरेका छन् ।

वडा कार्यालयकाे नवनिर्मित भवनकाे उदघाटन गर्दै प्रमुख अतिथिकाे रूपमा नगर प्रमुख कंडेलले पालिकाभित्र अधिकाँश भवनहरू निर्माण गरी सञ्चालनमा अाएकाे भएपनि अाैपचारिक रूपमा पहिलाेपटक यस भवन उदघाटन समाराेह गरिएकाेमा खुशी व्यक्त गर्दै अागामी दिनहरूमा सेवा अझ प्रभावकारी रूपमा प्रदान गर्न सकिने बताउनुभयाे । साेही अवसरमा उहाँले अागामी दिनहरूमा भवनकाे तला थपकाे लागि प्रयास गर्नेसमेत बताउनुभयाे । त्यस्तै गरी बिशेष अतिथिकाे रूपमा उप प्रमुख बसेलले कार्यालयकाे उदघाटनसँगै भवन निर्माणका क्रममा सहयाेग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयाे  ।

वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न साे उदघाटन समाराेहमा नगरपालिकाका इन्जिनियर सन्दीप मरहट्टाले भवन निर्माणका क्रममा ६० लाख खर्च भएकाे बताउनुभयाे । पालुङटार नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा बि.क. ले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । त्यस्तै गरी ने.क.पा. एमालेका वडा अध्यक्ष चन्द्र बहादुर कुमाल, नेपाली काँग्रेसका वडा सभापति कृष्णजी श्रेष्ठ, ने.क.पा. माअाेवादी केन्द्रका अध्यक्ष देवीलाल कुमाल, जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार परियार, टाेलबिकास संस्थाका तर्फबाट प्रतिनिधित्व गर्दै चिजकुमार श्रेष्ठ, वडा नं. ७ की वडा सदस्य भगवती कुमाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन वडा सचिव सुमन पाैडेलले गरेका थिए ।

नवनिर्मित भवनमा हाल ३ वटा सुविधासम्पन्न काेठाहरू रहेका छन् । अाजैदेखि नयाँ भवनबाट सेवा सुचारू गर्न शुरू गरिएकाे वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.