३ वटा लिफ्टिङबाट २२५० घरधुरी लाभान्वित हुने खानेपानी अायाेजनाकाे नगरप्रमुखद्वारा शिलान्यास

माघ १८, गाेरखा ।

गाेरखाकाे पालुङटार वडा नं. १ खाेप्लाङमा भुसुण्डीखाेला खुर्पाजुङ लिफ्टिङ खानेपानी अायाेजना एक कार्यक्रमका बीच पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले शिलान्यास गर्नुभएकाे छ ।

पालुङटार बृहत पम्पिङ खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिका अध्यक्ष बिमल ढकालकाे सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नगरप्रमुख कंडेलले अायाेजना समयमै सम्पन्न गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

साे कार्यक्रममा बिशेष अतिथिकाे रूपमा नगर उप प्रमुख पम्फा बसेल रहनुभएकेा थियाे । त्यस्तै गरी कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन लमजुङका प्रमुख देबेन्द्र कुमार झा, पालुङटार नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत बाबुराम काराखेती, वडा नं. १ का वडाध्यक्ष कृष्ण बहादुर परियार,  वडा नंं. ३ का वडाध्यक्ष रेशम बहादुर अधिकारी लगायतकाकाे उपस्थिति रहेकाे थियाे । त्यस्तै गरी कार्यक्रममा नेपाली कांग्रेसका  रेशम बहादुर अधिकारी, नेकपा एमालेका जुद्दबिलास भण्डारी, नेकपा माअाेवादी केन्द्रका बिबश चिन्तन अजय, जनता समाजबादी पार्टीका अशाेक देवकाेटा लगायतकाकाे समेत उपस्थिती रहेकाे थियाे ।

अायाेजनाकाे कूल इष्टिमेटेड रकम ५८ कराेड ५८ लाख ४० हजार ४ सय ५० रहेकाेमा निर्माण कम्पनीका तर्फबाट ४१ कराेड, १६ लाख ९३ हजार ४ सय १७ रूपैयाँमा सम्झाैता भएकाे उपभाेक्ता समितिका अध्यक्ष ढकालले जानकारी दिनुभयाे ।

अायाेजना कार्यकाे लागि २०७८ असार २८  गते मृत संजीवनी कर्ण जे.भी. ले सम्झाैता गरिसकेकाे छ भने अायाेजना २०८१ असारभित्रमा सम्पन्न भइसक्ने जनाइएकाे छ ।

अायाेजना अन्तर्गत ३ वटा लिफ्टिङ रहने र जसबाट २ हजार २ सय ५० घरधुरी लाभान्वित हुनेछन् ।

३ वटा लिफ्टिङमध्ये पहिलाे चेपेखाेलाकाे मिर्दिखाेलाबाट लिफ्टीङ गरी लिगलिगकाेट मा खानेपानीकाे अापूर्ति गरिनेछ भने दाेश्राे भुसुन्डेखाेला हिटीकाे धारानजिकबाट लिफ्टीङ गरी खुर्पाजुङमा खानेपानी लगिने र तेश्राे  र मर्स्याङदी नदीबाटलिफ्टीङ गरी देउकाेट पुर्याएर खानेपानीकाे अापूर्ति गरिनेछ ।

अायाेजना सञ्चालनका क्रममा सबै राजनितीक दलहरूकाे तर्फबाट अाफूले सहयाेग पाएकाे पनि समितिका अध्यक्ष ढकालले बताउनुभएकाे छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.