काठमाडौं,माघ १७-
सरकारले दूधको मूल्य बढाएको छ । १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । सरकाले दुधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ । यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो ।
किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए । आफूहरुको माग पूरा नभए आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका थिए ।