च्याङ्लीमा मंसीर ८ गते पवनले धुलाे उडाउने

गाेरखा,

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ काे च्याङली डाेटीपिपलमा मंसीर ८ गते माइ मनकामना मन्दिरमा अाठाैं पञ्चवली पूजा लाग्ने भएकाे छ ।

अाठ बर्ष अघि स्थानीय माेतिलाल श्रेष्ठका छाेरा भक्त कुमार श्रेष्ठ तथा शिवलाल श्रेष्ठले अाफ्नै लगानीमा निर्माण गरेकाे साे मन्दिरमा हरेक बर्ष पञ्चमी पूजा लगाउनुका साथै रातभर जाग्राम तथा साँस्कृतिक कार्यक्रम गर्ने प्रचलन रहि अाएकाे थियाे ।

यस बर्ष पनि साँस्कृतिक कार्यक्रम तथा पञ्चवली पूजा गर्ने तयारी गरिएकाे मन्दिर व्यवस्थापन समितिका सचिव रमेश अधिकारीले जानकारी दिनुभयाे ।

अधिकारीका अनुसार पञ्चमीका दिन ८ गते बिहान पञ्चवली पूजा र साँझ साँस्कृतिक कार्यक्रम एवँ रातभर दिप प्रज्ववलन गर्ने कार्यक्रम रहेकाे छ । त्यस्तै गरी कार्यक्रममा राष्टिय तथा स्थानीय कलाकारहरूकाे समेत प्रस्तुति हुने भएकाले सम्पूर्ण भक्तजनहरूलाइ उपस्थिति भइ पूण्यलाभ लिनुका साथै कार्यक्रमकाे शाेभा बढाइदिन समेत अनुराेध गरिएकाे छ ।

हरेक बर्ष पञ्चवली पूजा लाग्ने साे मन्दिरमा यस बर्ष भुत्राे मायाजालका गायक पवन रानाले धुलाे उडाउने भएका छन् । पछिल्लाे समय युवा पुस्ताबीच चर्तित कलाकार रानाकाे भुत्राे मायाजाल सहित अालु जस्ताे केटी, ए साली….. जस्ता गीतहरू चर्चित रहेका छन् ।

कार्यक्रममा दाेहाेरी गायिका सरीता थापा मगर काे बिशेष प्रस्तुति सहित चर्चित डान्सर इसा शाही ठकुरीकाे बेजाेड प्रस्तुति रहने जनाइएकाे छ ।

साे मन्दिरमा हरेक बर्ष पञ्चमीका दिन पञ्चवली पूजासहित साँस्कृतिक कार्यक्रम हुने गरेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.