स्कुटर दुर्घटनामा परी अखिल क्रान्तिकारी पालुङ टारका अध्यक्ष देवकाेटाकाे मृत्युु

तनहुँको डुम्रे बेसीशहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बस र स्कुटर एक आफ्समा ठक्कर खाँदा मंगलबार अखिल क्रान्तिक्रारीका नेताको  मृत्यु भएको छ । अखिल क्रान्तिक्रारी पालुङटारको संयोजक गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षिय विद्यार्थी नेता सुर्वण देवकोटाको मृत्यु भएको हो । बाईसजाँगरबाट डुम्रे जाँदै गरेको ना ६ ख ९१३४ नम्बरको यात्रु वस र सोही दिशाबाट यात्रा गरिहेको  बा ४५ प २३८ नम्बरको स्टकुटर ठक्कर खाँदा  देवकोटाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलिन्द्रबहादुर हमालले जानकारी दिनुभयो । दुर्घटनाको अनुसन्धानको लागि दुवै सवारी साधन र वसको चालकलाई नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.