आमाको किरिया बसेकी छोरीहरुलाई हाैसला थप्न मन्त्रि आचार्य देउरालीमा

गोरखा १६, साउन ।

गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्रि हरिशरण आर्चाय गोरखा नगरपालिका १३ देउरालीमा आमाको किरिया बसेकी छोरीहरुलाई भेट्न पुग्नु भएको छ । स्थानीयबासी इन्दिरता नरालको निधन भएपछि आमाको किरिया बसेकी छोरीहरु अर्चना, अनुपा र आशिकालाई भेट्न मन्त्री आचार्य आज दिउँसो देउराली पुग्नु भएको हो ।

भेटमा उहाँले छोरीहरुले आमाको किरिया गरेर समाजमा छोरा छोरी एकै हुन् भन्ने सन्देश दिएको मन्त्री बताउनुभयो । मन्त्रि आर्चायले परिवारमा समवेदना प्रकट समाजमा यस्ता साहशी छोरीहरुको जन्म हुनुपर्ने बताउनुभयो । यसले छोरा छोरी बिचमा समाजमा रहेको बिभेदको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँहरुको उच्च प्रसंसा गर्नुभयो । गोरखा नगरपालिका १३ स्थित देउराली पुरण्डीमा स्थानीय इन्दिरा नरालको मृत्यु पश्चात उहाँकी ३ छोरीहरु किरिया बस्दै आएका छन ।

छोरीहरु आमाको किरिया बसेको समाचार सार्वजनिक भएपछि सवै उहाँहरुको प्रसंसा हुदै आएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.