तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्द्वारा तमु भाषा कक्षा संचालनको लागि अक्षय कोष स्थापना

काठमाण्डौ, १६ साउन ।

तमू (गुरुङ) हरुको साझा एवं छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालन कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरेको छ। पुस्तान्तरसँगै भाषा लोप हुदै गएको भन्दै देशभर रहेका तमू (गुरुङ) समुदायलाई आफ्नो मातृभाषा सिकाउने उद्देश्यले परिषद्ले ‘तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालन अक्षयकोष–२०२१’ को स्थापना गरेको हो ।
कोष स्थापनाको लागि मुख्य दाताको रुपमा तमू (गुरुङ)हरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार, परम्परा आदीको अध्ययन अनुसन्धान गर्न र सोको संरक्षण, सम्वद्र्धन र विकाश गर्ने उद्देश्यले २०१८ सालमा कोरियामा स्थापना भएको तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
उक्त रकम आज जुम मार्फत एक कार्यक्रमको आयोजना गरि कोषका मुख्यदाता तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्लाई हस्तान्तरण गरेको परिषद्का केन्द्रिय अध्यक्ष रेशम गुरुङले जानकारी दिए।
अध्यक्ष गुरुङका अनुसार परिषद्ले उक्त अक्षयकोष मूल धन खर्च नहुने गरि प्राप्त आम्दानीबाट देशका विभिन्न तमू गाउँहरुमा आवश्यकता अनुसार तमू (गुरुङ) मातृभाषा कक्षा संचालन गरिनेछ।
यसैबिच अक्षयकोष संचालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् र तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरिया बिच एक सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ। हस्ताक्षर पत्रमा परिषद्का अध्यक्ष रेशम गुरुङ र तमू धीं ख्यङ्गसाङ्गनाम्दोका अध्यक्ष अनिस गुरुङले हस्ताक्षर गरेका छन्।

Facebook Comments Box
राजनिति
गोर्खा संसार

धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् घोषणा

ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् ।प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । शपथ लिएपछि ओलीले आजै सिंहदरबारस्थित कार्यालयमा पदभारग्रहण

सबै पढनुहोस »
साहित्य
गोर्खा संसार

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा   पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

केपी ओली आज चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै

प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

पहिरोमा परी बेपत्ता भएका बसको खोजी आज पनि हुँदै

पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म बेपत्ता रहेका छन् ।नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हिजो दिनभर खोजी कार्य गरे पनि

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.