काेराेनाका कारण रेडियो बन्दिपुरका सुरक्षागार्डकाे निधन

असार ३ / बन्दिपुर
तनहुँको रेडियो बन्दिपुरको टावरमा सुरक्षागार्डको रुपमा कार्यरत व्यास न.पा वडा न.१२ देउराली निवासी पदम मिश्रको काेराेना संक्रमणका कारण निधनको छ । बुधबार अचानक स्वास्थमा समस्या भएपछि बन्दिपुर अस्पताल जानुभएकाे उहाँलाई चितवनको पुरानो मेडिकल कलेजमा रिफर गरिएकाे थियाे । अस्पतालमा भेन्टिलेटरमा उपचाररत मिश्रको राती ११.४५ बजे निधन भएको हो । एउटा खुट्टा कमजाेर रहेकाे उहाँमा दिर्घरागी भने नरहेकाे परिवारले जनाएकाे छ । उहाँकाे शवलाई नेपाली सेनाकाे जिम्मामा शव ब्यवस्थापन गरिने बताईएकाे छ । उहाँकाे निधनले संस्थालाई उपुरणीय क्षति पुगेकाे भन्दै रेडियो बन्दिपुरका अध्यक्ष सन्तकुमार श्रेष्ठ र प्रबन्ध निर्देशक बिजय कुमार कार्कीले शाेक विज्ञप्ति मार्फत दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्नुभएकाे छ । उहाँकाे एक श्रीमती र २ स-साना छाेराहरु हुनुहुन्छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.