बाैद्ध हिमाल युवा क्लबकाे अभियानबाट ८ लाख बराबर घरभाडा छुट, व्यवसायीहरू खुशी

पालुङटार,  गाेरखा ।

पालुङटार नगरपालिकाको केन्द्र वडा नम्बर ५ ठाँटिपोखरीमा रहेको सकृय युवा कल्ब `बौद्ध हिमाल युवा कल्ब´को सकृयतामा `भाडा छुट अभियान´ संञ्चालन भएको आज एक हप्ता भएको छ । उक्त अभियान बाट आज सम्ममा पालुङटारमा ३३ जना घरबेटीहरुले गरेको भाडा छुट बाट ६० व्यवसायीहरु लाभान्वित भएका छन् । जसबाट ८ लाख रुपैयाँ बराबर छुट भएको कल्बका अध्यक्ष किरण गिरिले बताए ।

कोभिड–१९ का कारण जारी निषेधाज्ञाले व्यापार व्यवसाय संञ्चालन हुन सकेका छैनन् । जसको कारणबाट भाडामा बसेका व्यवसायीहरु व्यवसाय नै बन्द गर्ने मनस्थितिमा पुगिसकेका थिय अनिहरुलाई राहत पुर्‍याउने उदेश्यले कल्बले अभियान संचालन गरिएको हो अध्यक्ष गिरिले भने ।

अध्यक्ष गिरिका अनुसार भाडा छुट अभियान बाट होटल, ईलोक्टोनिक्स, टेलर्स, हार्डवएर, फेन्सी, सुनचाँदी लगायतका पसलहरु लाभान्वित भएका छन् । `भाडा छुट अभियान´मा घरबेटीबाट छुट प्रप्त गरेको सोफिटल होटर एण्ड लजका संञ्चालक रमेश भट्टका अनुसार यश अभियानले आफुलाई धेरै राहत मिलेको बताएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.