गाेरखा जिल्लामा असार ५ गतेसम्मका लागि निषेधाज्ञा थप

गोरखा, २४ जेठ ।

जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकको निर्णय अनुसार गाेरखा जिल्लामा असार ५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्लामा गएको बैशाख २२ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक–पटक गरि यो चौथो पटक थप गरिएको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । भोलिराती १२ बजेदेखि थप हुनेगरि पुनः ११ दिन निषेधाज्ञा थप गरिएको हो ।

जिल्ला भित्र कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेकोले संक्रमण रोकथाम, न्युनिकरण र व्यवस्थापनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले निषेधाज्ञाको अबधीमा दैनिक उपभोग्यबस्तु, खाद्यान्य, तरकारी, दुध तथा माछा, मासु, कृषिजन्य बिउबिजन मल पशुपन्छीको दान बिक्री गर्ने पसल र वर्कसप अबदेखि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

त्यस्तै खानेपानी सुरक्षा, स्वास्थ्य, सञ्चार, औषधी तथा औषधीजन्य उत्पादन र बिक्रि बितरण लगायत अत्याबश्यक बाहेकका सेवा सवै बन्द गर्ने निर्णय पनि डिसिसिएमीको आजको बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।सञ्चारकर्मीका हकमा सूचना बिभागले जारी गरेको प्रेसपास र सञ्चारगृहले जारी गरेको परिचय पत्रको आधारमा आवातजावत गर्न सकिने निर्णय गरिएको छ ।

बैठकले बैंक तथा सहकारी बाहेका बित्तिय संस्थाहरु लधुबित्त, बिमा कम्पनीको सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारी संस्थाको हकमा कार्यालय भित्रैबाट सञ्चालन हुने बाहेकका सेवा बन्द गर्ने तथा बैंक भित्र समेत २ मिटरको भौतिक दुरी अनिबार्य कायम गर्नुपर्ने निर्णय डिसिसिएमसीको बैठकले गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । बैंकिङ सेवा निषेधाज्ञाको अबधीभर बिहान १० बजेदेखि २ बजेसम्म मात्र सञ्चालन गर्न पाउने उहाँको भनाई छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.