गोरखामा औषधी पसलको अनुगमन : सर्जिकल मास्कको खुद्रा बिक्रिमा चर्को नाफा

गोरखा २०, जेठ । जिल्ला स्थित संयुक्त बजार अनुगमन समितिले गोरखा सदरमुकाम क्षेत्रका औषधी पसलको आज अनुगमन गरेको छ । निषेधाज्ञाका बेला औषधीमा हुनसक्ने कालोबजारी रोक्न तथा म्याद नाघेका औषधीहरु बिक्रि गरे नगरेको बुझ्न अनुगमन गरिएको अनुगमन समितिका संयोजक साहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो

संयुक्त अनुगमन टोलीले सदरमुकाम क्षेत्रका १६ वटा औषधी पसलहरुको अनुमगन गरेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा म्याद नाधेका औषधीहरु बिक्री भएको नपाइएको भएपनि केही औषधी व्यवसायीहरुले भने स्थानीय तहमा व्यवसाय दर्ता नगरी सञ्चालन गरेका पाइएको संयोजक भण्डारीले जानकारी दिनुभयो ।

‘बिशेष गरि औषधी पसलहरुमा के कसरी औषधीको किनबेच भइरहेका छन्, मूल्य सूची राखिएको छ छैन, कालोबजारी भएको छकी छैन भनेर बजार अनुगमन गरिएको हो, उहाँले भन्नुभयो, समयमा नविकरण नगरेका पाइएका केही औषधी व्यवसायीलाई तत्काल नबिकरण गर्न निर्देषन दिएका छौ ।’

सरकारको आधिकारिक निकायहरु औषधी व्यवस्था बिभाग, स्थानीय तह, आन्तरिक राजस्व कार्यालयमा दर्ता भए नभएको बारेमा समेत अनुगमन गरिएको संयोजक भण्डारीले जानकारी दिनुभयो । अनुगमनका क्रममा व्यवसायीहरुले म्याद गुज्रेका औषधीहरु व्यवसायीहरुले अलगै गरेर राखेको भेटिएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा व्यवासायीहरुबाट सर्जिकल मास्कको खुद्रा मूल्य बिक्रि गर्दा भने खरिद मूल्यको तुलनामा महंगोमा बिक्रि गर्ने गरेको पाइएको संयोजक भण्डारीले दिनुभयो । ‘सवै जसो पसलहरुमा सर्जिकल मास्क खुद्रामा प्रति गोटा १० रुपैयामा बिक्रि गरेको पाइयो, उहाँले भन्नुभयो, अबदेखि अधिकतम ५ रुपैयामा खुद्रा बिक्रि गर्न निर्देशन दिएका छौ, उहाँहरु पनि त्यसमा सहमत हुनुहुन्छ ।’

त्यस्तै सदरमुकामको बाँनिया फार्मेसीमा भेटिएको म्याद गुज्रेको हर्लिक्स भने अनुगमन टोलीले बरामद गरेको संयोजक भण्डारीले बताउनुभयो । ‘एपोलो हस्पीटल र गुडलाईफ फार्मेसीलाई आबश्यक कागजात सहित प्रसासन आउन भनेका छौ, उहाँले भन्नुभयो, अनुगमनका क्रममा कागजपत्र नभेटिएकाले प्रसासनमा आउन निर्देशन दिएका हौ ।’ संयुक्त बजार अनुगमन टोलीले केहीदिन अघि सदरमुकाम क्षेत्रका खाद्य पसलहरुको पनि अनुगमन गरेको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.