गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु

गोरखाका एक कोरोना संक्रमितको उपचारका क्रममा  मृत्यु भएको छ । जिल्लाको पालुङटार नगरपालिका २ सुन्तलेका ४२ बर्षिय एक पुरूषकाे बुधबार बिहान चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टी गरेको हो ।

स्वास्थमा समस्या आएपछि स्थानीय आँपपिपल अस्पतालमा उपचार गरिरहेका उहाँको पिसिआर परिक्षणका क्रममा कोरोना संक्रमण देखिए संगै थप उपचारको लागि अस्पतालले चितवन मेडिकल कलेज रिफर गरिएको थियो ।

मृ त्त क का आफन्तका अनुसार ५/६ दिन अगाडी आँपपिपल अस्पतालले थप उपचाको लागि चितवन पठाएको र सिएमसीमा उपचार भई रहदा बुधबार बिहान मृत्यु भएको हो ।

मृतककको आजै हिन्दु संस्कार अनुसार गोरखाको चोरकाटे क्षेत्रमा दाहसं’स्कार गर्न शव गोरखा लगिएको छ । स्वास्थ्य मापदण्ड अपनाएर उनका ५ जना आफन्त भएर चोरकाटेको दरौदी नदीमा शवको दाहसंस्कार गर्न लागिएको पालुङटार नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिनुभयो

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.